बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

श्रीमतीको हत्या अभियोगमा एक पक्राउ

मङ्गलवार, भदौ ४, २०८१

भद्रपुर (झापा), ४ भदौः झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एकजनालाई पक्राउ गरिएको छ ।

सामान्य घरायसी विवादमा आज साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर