Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
हतकडी फुस्काएर थुनुवा फरार
बुधवार, भदौ ५, २०८१
बिर्तामोड, ५ भदौ : उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काई फरार भएका छन् ।
हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका हुन् ।
लागूऔषध मुद्धामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको कमाण्डमा खोजतलास भइरहेको जनाइएको छ ।
भदौ २ गते राति अन्दाजी ९.३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर १ पश्चिम बसस्टेन्डमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखी ५ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो ।