बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेपाल सुपर लिग फुटबलका लागि सम्झौता, ८ वर्षमा एन्फाले १७ करोड २१ लाख रुपैयाँ पाउने

मङ्गलवार, पौष ५, २०७९

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) फुटबल आयोजनाका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बीच आठ वर्षको सम्झौता भएको छ ।

आज मङ्गलवार भएकाे सम्झाैताअनुसार नेपाल सुपर लिग खेलाउने एनएसईएमले आठ वर्षमा एन्फालाई १७ करोड २१ लाख रुपैयाँ उपलब्ध गराउने छ । आउँदो संस्करणका लागि आजै एनएसईएमकी अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फाका महासचिव किरण राईलाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

नेपाल सुपर लिग फुटबलको पहिलो संस्करण सम्पन्न भए पनि विवादका कारण दोस्रो संस्करण सुरु हुन सकेको थिएन ।

सम्बन्धित खबर