बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापाको हल्दिबारीमा गौ हत्या, टाउको र पुच्छर गाडेको अवस्थामा फेला

बुधवार, भदौ ५, २०८१

झापा, ५ भदौ : हल्दिबारी गाउँपालिका ३ स्थित भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा फेला परेको छ । गाई काटेर केही भाग गाडेको अवस्थामा मंगलबार साँझ मृत गाईको अवशेष फेला परेको हो ।

गाई काटेर एकातिर हड्डी र अर्कोतिर टाउको र पुच्छर गाडेको भेटिएको हल्दिबारी ३ का वडा सदस्य अजित विष्टले बताउनु भयो । उहाँले गाईलाई त्यही काटेकोले दाम्लो र किलोसहित रगत पनि देखिएको जानकारी दिनुभयो।

प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाइएको छ । घटनास्थलमा गएर हेर्दा केही दिनअघि नै गाईलाई गाडेको हुनाले सडेर गन्हाउने अवस्थामा पुगेको जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले बताउनु भयो। उहाँले घटनाबारे अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित खबर