Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापाको हल्दिबारीमा गौ हत्या, टाउको र पुच्छर गाडेको अवस्थामा फेला
बुधवार, भदौ ५, २०८१
झापा, ५ भदौ : हल्दिबारी गाउँपालिका ३ स्थित भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा फेला परेको छ । गाई काटेर केही भाग गाडेको अवस्थामा मंगलबार साँझ मृत गाईको अवशेष फेला परेको हो ।
गाई काटेर एकातिर हड्डी र अर्कोतिर टाउको र पुच्छर गाडेको भेटिएको हल्दिबारी ३ का वडा सदस्य अजित विष्टले बताउनु भयो । उहाँले गाईलाई त्यही काटेकोले दाम्लो र किलोसहित रगत पनि देखिएको जानकारी दिनुभयो।
प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाइएको छ । घटनास्थलमा गएर हेर्दा केही दिनअघि नै गाईलाई गाडेको हुनाले सडेर गन्हाउने अवस्थामा पुगेको जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले बताउनु भयो। उहाँले घटनाबारे अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।