Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भैंसीको आक्रमणमा बाघ मर्यो
बिहिवार, भदौ ६, २०८१
हेटौंडा, ६ भदौ : मकवानपुरको मनहरीमा भैंसीले हान्दा बाघ मरेको छ । गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न बाघ गएको थियो । बाघ र भैंसीको जुधाजुध भएपछि घरधनीले थाहा पाएका थिए । छिमेकीहरूसहित घरधनी जब गोठमा पुगे,‘भैंसी घाइते अवस्थामा थियो, बाघ भने मरेको थियो ।’
खबर पाउनेबितिक्कै इलाका प्रहरी कार्यालय मनहरी र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुगेका थिए ।
दुहुनो भैंसीको पाडो मरेको दुई दिनमात्र भएको घरधनी राईले जानकारी दिएका छन् । भैंसीले सिङले हान्दा र कुल्चिँदा बाघ मरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान र पोस्टमार्टमका लागि मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको प्रहरीले बताएको छ ।