Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
पूर्व-पश्चिम राजमार्ग विस्तार कार्यतालिकाअनुसार काम नभए कारवाही हुन्छ: प्रधानमन्त्री
बिहिवार, भदौ ६, २०८१
काठमाडौँ, ६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा कार्यतालिकाअनुसार प्रगति हासिल नगरे ठेक्का अन्त्य गरी थप कारवाही गरिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले यस विषयमा निर्माण व्यवसायीसँग कुराकानी गरी पेस गरेको कार्यतालिकाअनुसार एक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको जानकारी गराउनुभयो ।
“पूर्व-पश्चिम राजमार्ग विस्तारमा अवरोधबिना अगाडि बढाउन सम्बन्धित चिनियाँ निर्माण व्यवसायीलाई बारम्बार सचेत गराइएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित पूर्व-पश्चिम राजमार्गको बिशेष गरी नारायणघाट-बुटवल खण्डको स्तरोन्नतिबारे व्यवसायीसँग कुरा गरी म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो ।