बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडका व्यावसायी महेन्द्र प्रसाईं ऋणीको घरमा मृत फेला

शुक्रवार, भदौ ७, २०८१

बिर्तामोड, भदौ ७ : झापा बिर्तामोडका व्यवसायी महेन्द्रप्रसाद प्रसाईं आफूले पैसा दिएका ऋणीको घरमा मृत भेटिएका छन् ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ भने मैनालीको घरलाई घेराबन्दी गरिएको छ ।

बिर्तामोड १ सिनेप्लजामा घर भएका नरेन्द्र मैनालीको घरमा प्रसाईं आज मृत भेटिएका हुन् । मैनालीले प्रसाईंको करोडौँ ऋण नतिरेको भनाइ छ ।

घरजग्गाको व्यवसाय गर्दै आएका प्रसाईं बिएन्डसीको स्थापनाकालमा शेयर सदस्य रहेका थिए । मैनालीले प्रसाईंसहित बिर्तामोड र आसपारका व्यवसायीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर भागिरहेको बताइन्छ ।

सम्बन्धित खबर