शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापामा बालिकामाथि सामूहिक बलात्कार, घटनामा संलग्न ७ जना पक्राउ

आइतवार, भदौ ९, २०८१

झापा, ८ भदौ : झापामा एक जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा ७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनलाई अलगअलग स्थानमा पुर्‍याएर एकैरात ७ जनाले सामूहिक बलात्कार गरेका हुन् । एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।

उहाँका अनुसार १६ वर्षीया बालिका शुक्रबार राति बलात्कृत भएकी हुन् । सुरुमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटेलमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

बालिकालाई सुरुमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनीश लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले बालिकालाई राति ८ः१५ बजेतिर अर्जुनधारा–८ नयाँ बजार पुर्‍याएर बाख्रा हटिया लाग्ने स्थानको फलैँचामा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि बालिकालाई राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटेल एन्ड रिसोर्टमा पुर्‍याइयो । अर्जुनधारा–८ का १९ वर्षीय सुनिल राजवंशीले अर्जुनधारा–७ मा सञ्चालन गर्दै आएको होटेलमा लगेर होटेल मालिकसहित अरू ४ जनाले बलात्कार गरेको डीएसपी चन्दले बताउनु भयो ।

उनका अनुसार होटेल सञ्चालक राजवंशीसहित होटेलमा ‘कुक’को काम गर्दै आएका अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका बारेमा प्रहरीले शनिबार साँझ मात्रै जानकारी पाएको थियो ।

बालिकामाथि सामूहिक बलात्कार भएको घटनासँग सम्बन्धित जाहेरी साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय अनारमनिमा परेको हो । त्यसपछि बलात्कारमा संलग्नको खोजी र पक्राउका लागि इन्स्पेक्टर सन्तोष राईको नेतृत्वमा प्रहरी परिचालन गरियो ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोप लागेका होटेलका सञ्चालक सुनिलसहित ६ जनालाई पक्राउ गरेको छ । सञ्जीव फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । बलात्कारबाट पीडित भएकी बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी चन्दले बताउनु भयो  । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खबर