Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडको गिरीबन्धु टी–इस्टेट अगाडि सवारी दुर्घटना, २ जना गम्भीर घाइते
मङ्गलवार, भदौ १८, २०८१
झापा , भदौ १८ : बिर्तामोडको गिरीबन्धु टी– इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।
आज साँझ ५ बजे गिरीबन्धु टी–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नं.को मोटरसाइकल र धुलाबारीबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार इलाम सूर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय रुपेश बुढाथोकी र सोही ठाउँ बस्ने २४ वर्षीय दिवाकर राई गम्भिर घाइते भएका छन् । उनीहरुको होश खुलेको छैन । दुवै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि ट्रक चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय संजय माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।