सोमवार, भदौ ३१, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडको गिरीबन्धु टी–इस्टेट अगाडि सवारी दुर्घटना, २ जना गम्भीर घाइते

मङ्गलवार, भदौ १८, २०८१

झापा , भदौ १८ : बिर्तामोडको गिरीबन्धु टी– इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।
आज साँझ ५ बजे गिरीबन्धु टी–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नं.को मोटरसाइकल र धुलाबारीबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार इलाम सूर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय रुपेश बुढाथोकी र सोही ठाउँ बस्ने २४ वर्षीय दिवाकर राई गम्भिर घाइते भएका छन् । उनीहरुको होश खुलेको छैन । दुवै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि ट्रक चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय संजय माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर