Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा निशुल्क कम्प्युटर तालिम सुरु
बुधवार, भदौ १९, २०८१
बिर्तामोड, १९ भदौ : वीरता जेसिजले यस वर्ष २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।
बिर्तामोड एजुकेसन फाउन्डेसनको सहकार्यमा विपन्न समुदायका २० जना विद्यार्थीलाई तीन महिने निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको हो । यस विषयमा वीरता जेसिज र फाउन्डेसनबीच आज सम्झौता पत्रमा हस्ताक्षर भयो ।
जेसिजका सन् २०२४ का अध्यक्ष विकास बस्नेत र फाउन्डेसनका सञ्चालक राज कार्कीबीच सम्झौपत्रमा हस्ताक्षर भएको हो ।
जेसिज १८ देखि ४० वर्ष उमेर समूहका युवा युवतीहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्दै समाजप्रति युवाहरुलाई दायित्व निर्वाहमा जिम्मेवार बनाउन विविध कार्यक्रममार्फत मानव सेवा र समाजिक कार्यमा समर्पित छ ।
सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले आफ्नो स्थापनाकालदेखि नै तालिम तथा समाज रुपान्तरणका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
सम्झौता गर्ने कार्यक्रमका संयोजक कार्यकारिणी उपाध्यक्ष एलसी श्रेष्ठले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्वअध्यक्ष तथा नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, फाउन्डेसनका सञ्चालक कार्की, जेसिजका पूर्वअध्यक्षहरु एकराज गिरी, घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा लगायतले शुभकामना व्यक्त गर्नु भयो ।
जेसिजका महासचिव सुमन पोद्दारले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुशील थापाले आस्था वाचन गर्नु भएको थियो ।