शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

नगर प्रमुख प्रसाईद्वारा एकैदिन बिर्तामोडका ७ वटा योजनाको शिलान्यास

बिहिवार, भदौ २०, २०८१

बिर्तामोड, २० भदौ : बिर्तामोड नगरपालिकाले बिहीवार ७ वटा योजनाको एकसाथ शिलान्यास गरेको छ ।
छ वटा कालोपत्रे सडक र एउटा सामुदायिक भवन निर्माणका लागि नगर प्रमुख पवित्रा महतारा प्रसाईले एकमुस्ट शिलान्यास गर्नु भयो ।

महिलाले नेतृत्व गरेका देशभरका १३ वटा स्थानीय तहलाई नमुना शहर निर्माणको लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको हो । मन्त्रालयले सुरुवातमा २५ करोड उपलव्ध गराउने भनेपनि बिर्तामोडलाई १३ करोड रुपैयाँमात्रै बजेट उपलव्ध गराएको नगरपालिकाले जनाएको छ ।

शिलान्यास गरिएका सडकहरुमा अतिथिसदन रोड बिर्तामोड १, धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग इन्दिरा खनालको घर हुँदै जाने सडक बिर्तामोड १, वानालाल मार्ग बिर्तामोड २, करेलाबारी सडक बिर्तामोड ३, मियाबारीहुँदै बुट्टाबारी राजमार्ग जोड्ने सडक बिर्तामोड ७ र गरामनीदेखि कटहरडाँगी हुँदै हल्दीबारी जोडिने सडक रहेका छन् । यस्तै हरियाली सामुदायिक वनमा सामुदायिक भवन निर्माण हुने भएको छ ।बिर्तामोडमा महिला मेयर भएको हुनाले नमुना शहर निर्माणको लागि बजेट प्राप्त भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनुभयो । उहाँले अन्य स्थानीय तहमा भन्दा बिर्तामोडमा धेरै सडक भएकाले एकै पटक सबै आयोजना निर्माण गर्न नसकिएको बताउनु भयो । नगर प्रमुख प्रसाईले क्रमैसँग निर्माणको कामलाई अघि बढाउने बताउनु भयो ।

७ वटै योजनाको एकीकृत रुपमा शान्ति उद्धेश्य निर्माण सेवाले ठेक्का लिएको छ । कार्यक्रममा बोल्दै निर्माण कम्पनीका सञ्चालक नयन बरालले समयमा र गुणस्तरीय काम गर्ने प्रतिबद्वता जनाउनु भयो । एक वर्ष आठ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने गरि सडक ठेक्का लागेको हो ।शहरी विकास कार्यालयका इन्जिनियर सुरेशकुमार चौधरीका अनुसार भ्याटबाहेक ६ करोड ३१ लाखको लागतमा निर्माणको लागि ठेक्का लागेको हो । १३ करोड बजेट रहेकोमा शान्ति उद्धेश्य निर्माण सेवाले ३५ प्रतिशत घटीमा ठेक्का लिएको हो ।

बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलको अध्यक्षता तथा नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्यमा वडा नम्बर ७ स्थित मियाबारीमा आयोजित शिलान्यास कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई , निर्माण व्यवसायी नयन बराल ,इन्जिनियर सुरेशकुमार चौधरीले बोल्नु भएको थियो । कार्यक्रमको संचालन स्थानीय युवा समाजसेवी घनश्याम भण्डारीले गर्नु भएको थियो ।

सम्बन्धित खबर