सोमवार, भदौ ३१, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिएण्डसीमा एमबीबीएस अध्यापनका लागि ५० सिट निर्धारण

शुक्रवार, भदौ २१, २०८१

काठमाडौं, २१ भदौ : चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।

आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। दुर्गा प्रसाईले सञ्चालनमा ल्याएको बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो।

कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।

सम्बन्धित खबर