सोमवार, भदौ ३१, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडका ८ वर्षीय बालकको डेंगुबाट मृत्यु

शनिवार, भदौ २२, २०८१

झापा, २२ भदौ : बिर्तामोडका एक बालकको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको र त्यसपछि बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको आफन्तले जनाएका छन् ।

बिर्तामोडमा उपचार संभव नभएपछि ती बालकलाई उपचारका लागि नोवल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाँईले बताउनु भयो ।


आलोकजंग न्यूटन्स एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत थिए । योसंगै यस वर्ष झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सम्बन्धित खबर