Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडका ८ वर्षीय बालकको डेंगुबाट मृत्यु
शनिवार, भदौ २२, २०८१
झापा, २२ भदौ : बिर्तामोडका एक बालकको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।
शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको र त्यसपछि बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको आफन्तले जनाएका छन् ।
बिर्तामोडमा उपचार संभव नभएपछि ती बालकलाई उपचारका लागि नोवल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाँईले बताउनु भयो ।
आलोकजंग न्यूटन्स एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत थिए । योसंगै यस वर्ष झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।