Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड १ मा नयाँ वडासचिबलाई स्वागत, पुरानोलाई बिदाई, उत्कृष्ट कर्मचारीलाई सम्मान
मङ्गलवार, भदौ २५, २०८१
बिर्तामोड, २५ भदौ : बिर्तामोड नगरपालिका वडा नम्बर १ बाट वडासचिब टिका अधिकारीलाई बिदाई गरिएको छ । वडा कार्यालयमा आज आयोजित स्वागत, सम्मान तथा बिदाई कार्यक्रमका विच वडासचिव अधिकारीलाई बिदाई गरिएको हो ।
वडासचिब अधिकारीको बिर्तामोड नगरअस्पतालमा प्रशासन प्रमुखमा सरुवा भएको छ । यस्तै वडा नम्बर १ मा वडासचिबमा जानुका बस्नेतले जिम्मेवारी प्राप्त गर्नु भएको छ । बस्नेत एक महिना अघि अर्जुनधारा नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको हो । उहाँलाई जनप्रतिनिधि तथा बिभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुले फूलमालाले स्वागत गरेका छन् ।
यसैबीच उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको छ । वडाकी कम्प्युटर अपरेटर डिना काफ्लेलाई वर्ष उत्कृष्ठ कर्मचारीकारुपमा नगदसहित सम्मान गरिएको हो । अपरेटर शर्मालाई वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले ५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गर्नु भयो ।
कार्यक्रममा वडाबाट नगरअस्पताल सरुवा हुनु भएकी अधिकारीलाई वडाअध्यक्ष पाण्डेसहित जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट प्रशंसा पत्रसंगै मायाको चिनो प्रदान गरिएको थियो ।
वडा सदस्य योगचन्द्र आङ्वोहाङ्गले स्वागत गरेको कार्यक्रममा नेकपा एमालेका सुनिल शिवाकोटी, नेपाली कांग्रेसकी तिलरुपा श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका वालकृष्ण निरौला, राप्रपाका जनक खड्का, विभिन्न संघ संस्थाका तर्फबाट भोजकुमारी खनाल, ओमनाथ अधिकारी , डिल्लीमाया आचार्य, निबर्तमान वडासदस्य प्रेमकुमार खरेल लगायतले बोल्नु भएको थियो ।