Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
बुधवार, पौष ६, २०७९
काठमाण्डाै । नेकपा एमालेले प्रनिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ ।
एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा भाेलि बिहीवार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ ।
संसद् सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरेको छ । एमालेले प्रतिनिधि सभातर्फ ७८ सिट प्राप्त गरेको छ ।