Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक
बिहिवार, भदौ २७, २०८१
काठमाडौं,२७ भदौ : नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ ।
नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ ।लिग-२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १० : १५ मा सुरु हुनेछन् ।
नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ ।त्यसपछि यी तीन टोलीबीच टी-२० सिरिज हुनेछ ।
लिग–२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ । नेपालका कन्सल्टेन्ट प्रशिक्षक जगत टमाटा भने भिसा आवेदन ढिला गरेका कारण टोलीसँग जान पाएका छैनन् ।
नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग–२ मा प्रतिस्पर्धा गर्नेछ ।
त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ ।