बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

राष्ट्रिय शिक्षा दिवसका अवसरमा बिर्तामोडमा वक्तृत्वकला प्रतियोगिता,मोहनमायाकी एलिना प्रथम

बिहिवार, भदौ २७, २०८१

बिर्तामोड, २७ भदौ : राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा आज बिर्तामोडमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 'स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी' विषयमा बिर्तामोड नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको हो ।कक्षा ९ र १० का विद्यार्थीलाई समेटिएको यस प्रतियोगितामा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका छन् । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेताहरुलाई राष्ट्रिय शिक्षा दिवसको दिन असोज २ गते पुरस्कार वितरण गरिने नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारीले जानकारी दिनु भयो ।

प्रतियोगिताको निर्णायकमा पूर्व उपसचिब उद्दव विष्ट भद्रपुर र कनकाई नगरपालिका स्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षक शिशिर भट्टराई रहनु भएको थियो ।नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

सम्बन्धित खबर