Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
राष्ट्रिय शिक्षा दिवसका अवसरमा बिर्तामोडमा वक्तृत्वकला प्रतियोगिता,मोहनमायाकी एलिना प्रथम
बिहिवार, भदौ २७, २०८१
बिर्तामोड, २७ भदौ : राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा आज बिर्तामोडमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 'स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी' विषयमा बिर्तामोड नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको हो ।कक्षा ९ र १० का विद्यार्थीलाई समेटिएको यस प्रतियोगितामा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका छन् । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेताहरुलाई राष्ट्रिय शिक्षा दिवसको दिन असोज २ गते पुरस्कार वितरण गरिने नगरका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारीले जानकारी दिनु भयो ।
प्रतियोगिताको निर्णायकमा पूर्व उपसचिब उद्दव विष्ट भद्रपुर र कनकाई नगरपालिका स्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षक शिशिर भट्टराई रहनु भएको थियो ।नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।