बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

महानन्द चोकमा एक युवतीको छुरी हानी हत्या

शुक्रवार, भदौ २८, २०८१

झापा, २८ भदौ : अर्जुनधारा नगरपालिका ६ स्थित महानन्द चोकमा अघि साँझ एक यवतीको छुरी प्रहारबाट मृत्यु भएको छ ।

कैलाली स्थायी घर भएका करिब २० वर्षिय अनिल बिकले इलाम फिक्कलकी १९ वर्षिय मनिषा लोहारलाई घाँटी, छाती र कोखामा छुरा प्रहार गर्दा उनको मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भिर घाईते भएकी उनको उपचारका क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

छुरा प्रहार गर्ने विकलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् । छुरा प्रहार गरी भाग्नेक्रममा स्थानीयले आक्रमण गर्दा विक घाइते भएको र अहिले बिर्तासिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर