Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
बिहिवार, पौष ७, २०७९
काठमाण्डाै । संसदीय दलको नेता चयनसँगै दलहरु नयाँ सरकार गठनको छलफलमा फेरि जुटेका छन् । धेरैजसो दलमा संसदीय दलका नेता सर्वसम्मत भएका छन् भने नेपाली कांग्रेसमा चुनावमार्फत् चयन गरिएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज दलका नेतामा चुन्दै छ । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ ।
प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । दलका नेताको टुङ्गो लागि सकेकाले प्रधानमन्त्री र राष्ट्रपति पदका लागि दलहरुको दौडधुप बढेको छ । तर सत्ता गठबन्धन भित्रै शक्ति बाँडफाँटमा रस्साकस्सी देखिएको छ । सबैभन्दा ठूलो दल बनेको कांग्रेसले यी दुई पद आफैँसँग राख्ने तयारी गरेको छ । तर, माओवादीको पनि दाबी छ । यसले गर्दा कुरा मिल्न सकेको छैन ।
माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गरेलगत्तै भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने जनाएको छ । पर्ख र हेरको नीति अपनाएको एमालेले भने सत्ता गठबन्धन नभत्किएसम्म कसैसँग सहकार्य नगर्ने अडान लिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आउँदो आइतवार १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिसक्नुभएको छ ।