मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

एमाले झापाद्वारा मन्त्री दाहाललाई अभिनन्दनसंगै ध्यानाकर्षण

आइतवार, असोज १३, २०८१

झापा, १३ असोज : नेकपा एमाले झापा जिल्ला कमिटीले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दहाललाई जिल्ला आएको समय पारेर यातायात योजनाहरुबारे आज स्मरणपत्र बुझाएको छ ।
जिल्ला पार्टी कार्यालयमा मन्त्री दाहाललाई बधाई ज्ञापन गर्न आज बिहान आयोजित कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा जिल्लाको बहुआयामिक महत्व दर्शाउँदै स्मरणपत्र बुझाउनु भएको हो ।
उक्त स्मरण पत्रमा भनिएको छ– पूर्वी नेपालको झापा जिल्लाले भारत, भुटान र बंगलादेशसँग नजिकको भौगोलिक अवस्थितिसहित त्रिदेशीय सम्बन्ध राखेको छ । साबिक मेची अञ्चलका पहाडी जिल्लाहरुको मुख्य ट्रान्जिट प्वाइन्ट झापा हो । विमानस्थल, ठूला होटेलहरु, निजी तथा सरकारी स्तरबाट सञ्चालित अस्पतालहरु, प्राविधिक शिक्षालय, ब्यापार तथा पारवहन सेवा, पर्यटन, मनोरञ्जन आदि सेवा लिनका लागि छिमेकी मुलुकका पर्यटकहरु झापा आउने गर्दछन् । यहाँको मौलिक बाली सुपारीसहित चिया खेती, दूध उत्पादनमा अग्रणी, अन्न, तरकारी र मासुजन्य उत्पादन, प्राकृतिक रबर खेती र प्रशोधन, लाहा खेती र प्रशोधन यो जिल्लाका कृषि मौलिकता र परिचय हुन् । यी सबै सम्बन्धहरुलाई यातायातले जोड्नुपर्दछ । जिल्लामा सडक पूल निर्माणका थुप्रै कामहरु भइरहेका छन् । धेरै योजनाहरु अधुरा छन् । यसै सम्बन्धी केही विषयहरू अध्ययन गरी कार्यान्वयन गरिदिनका लागि माननीय मन्त्रीज्यू समक्ष जिल्ला भ्रमणका अवसरमा सादर अनुरोध गर्दछौं ।

अध्यक्ष प्रेम गिरीले हस्ताक्षर गरी वाचन पछि हस्तान्तरण गरिएको सो स्मरण पत्रमा भनिएको छ
१. झापामा निर्माणकार्य भइरहेका सडक र पूलहरु रकम अभावमा अलपत्र र अधुरो अवस्थामा छन् । तिनीहरुको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदछौं ।
२. हुलाकी राजमार्ग, एशियन हाइवे, मदन भण्डारी राजमार्ग र रेलमार्ग अन्तर्गतका सडक पूलहरुको काममा देखापरेका सबै असजिलाहरुको हल गरी अबिलम्ब निर्माण कार्य सुचारु गराउनु पर्नेछ ।
३. केचना–कन्चनजंङ्घा अन्तर्देशीय सडक साबिक मेची अञ्चलको लाइफलाइन हो । यसको निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी द्रुतगतिमा निर्माण कार्य हुन आवश्यक देखिन्छ ।
४. इलामको भालुखोपदेखि खुदुनाबारी हुँदै बिर्तामोड तथा दुर्गापुर जोड्ने सडकले मेची राजमार्ग, मदन भण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्गलाई समेत जोडेको छ । यो सडक कृषि–ब्यापार–आवागमनका साथै रणनीतिक महत्वको लिङ्करोड हो । यसको डिपीआर भएर बजेट किताबमा समावेश भएको तर बजेट अभावमा धिमा गतिमा काम हुने गरेको पाइएकाले पर्याप्त बजेटको व्यवस्थापनका लागि माननीय मन्त्रीज्यूसमक्ष विशेष आग्रह गर्दछौं ।
५. दमक–चिसापानी सडक तराई र पहाडको विविध सामुदायिक अन्तरघुलनको एउटा आयाम हो । यो काम प्राथमिकताका साथ अघि बढाउन विशेष अनुरोध गर्दछौं ।
६. झापाको प्रत्येक संघीय र प्रदेश निर्वाचन क्षेत्रमा पर्ने गरी निम्नानुसार सडक र पूलको योजना माग गर्दछौं । प्रस्तावित सडक र पूल एलएमबिआइएसमा समावेश भएका मध्येबाट हुनेछन् ।
क्षेत्र नं. १ मा एउटा सडक र दुईवटा पूल, क्षेत्र नं. २ मा एउटा सडक र दुईवटा पूल, क्षेत्र नं. ३ मा दुईवटा सडक र तीनवटा पूल, क्षेत्र नं. ४ मा एउटा सडक र दुईवटा पूल र क्षेत्र नं. ५ मा एउटा सडक र दुईवटा पूलको अत्यन्त आवश्यकता छ ।
७. बिर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै यातायात मन्त्रालयको नामको जमिन प्रयोगबिहिन अवस्थामा छ । सरकारले उपयुक्त आवश्यकता अध्ययन गरी कार्यान्वयन गर्नुपर्दछ ।
८. रेलमार्गको विषयमा उपयुक्त निकास अविलम्ब निकाल्न अनुरोध गर्दछौं । वर्षौंदेखि सयौं परिवार रेल परियोजनाका लागि रोक्का गरिएको जमिनको मुआव्जा प्रदान गरेर वा रोक्का फुक्का गरी उहाँहरुलाई न्याय प्रदान गरिनु अत्यन्त आवश्यक देखिन्छ ।
९. झापाको कनकाई वा शिवसताक्षीलाई स्टेसन (केन्द्र) आधार मानी इलामको विभिन्न भुभागमा जोड्ने विद्युतीय आकाश मार्गको सम्भाब्यता अध्ययन गर्न सुझाव प्रस्तुत गर्दछौं । यस्तो कार्यमा निजीक्षेत्र वा पीपी मोड्युलमा सञ्चालन गर्न पनि सकिन्छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीसहित विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थितिमा आयोजित सो कार्यक्रमको सञ्चालन सचिव तुलसी कार्कीले गरेका थिए ।
सो कार्यक्रममा मन्त्री बनेपछि पहिलोपटक झापा आएका दाहाललाई जिल्ला पार्टीको तर्फबाट दोसल्ला ओडाएर अभिनन्दन गरिएको थियो । अभिनन्दनपत्रको वाचन उपाध्यक्ष शिव ढुंगेलले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले स्वागत गर्नु भएको थियो भने बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा अधुरा रहेका बाटोको निर्माणमा मन्त्रीको ध्यानाकर्ष गराउनु भएको थियो ।

सम्बन्धित खबर