Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
अमेरिकी संसदमा जेलेन्स्कीको सम्बोधन : रुससँग आत्मसमर्पण नगर्ने प्रतिबद्धता
बिहिवार, पौष ७, २०७९
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले रुससँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले सबै प्रतिकूलताकाबीच युक्रेन जीवित रहेको र पछि नहट्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।
जेलेन्स्कीले अमेरिकी सरकार र नागरिकलाई सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । साथै उहाँले युक्रेनले आफ्नो स्वतन्त्रताका लागि लडेको युद्धमा पूर्ण विजय हासिल गरेर छाड्ने भन्दै सम्बोधन टुङ्ग्याउनुभएको थियो । त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने जानकारी गराउनुभएको थियो ।
जसमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्रसम्बन्धी प्रणाली समेत रहेको छ । जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुग्नुभएको हो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको थियो ।