मङ्गलवार, साउन १२, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

मङ्गलवार, असोज १५, २०८१

काठमाडौँ, १५ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण विपद्ले सिर्जना गरेको विषम परिस्थितिमा राहत तथा उद्धारमा सहयोग गर्न सरकारी तथा निजी क्षेत्र सबैलाई आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिराले ठूलो धनजनको क्षति पुर्‍याएको उल्लेख गर्दै उद्धार पुनःस्थापना र पुनःनिर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै राजनीतिक दल, तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, गैरसरकारी तथा सामुदायिक संस्था र स्वयंसेवक एवं आमनागरिकको सहयोगको अपेक्षा गर्दछु ।”

उहाँले विपद्बाट भएको क्षतिको विस्तृत क्षति मूल्याङ्कन गरी पुनःनिर्माण तथा पुनःलाभका कार्यक्रमको कार्ययोजना तत्काल तर्जुमा गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

“विपद्को पूर्वसूचना सरकारले विभिन्न माध्यमबाट जारी गर्ने गरिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उक्त सूचनालाई सबै पक्षबाट गम्भीरतापूर्वक लिइ जनधनको क्षति न्यूनीकरण गर्नमा सहयोग पुर्याउनुहुन सबैमा अनुरोध गर्दछु ।”

प्रधानमन्त्री ओलीले आसन्न चाडबाडका समयमा यात्रालाई सहज र सुलभ बनाउन निजी क्षेत्रका सम्बद्ध व्यवसायीसँग समन्वय गरी सुरक्षित र भरपर्दो यातायात व्यवस्था मिलाइने उल्लेख गर्नुभयो ।

सरकारले विपद्बाट प्रभावित घरपरिवारलाई राहत उद्धारलगायत विषयमा प्रदेश, स्थानीय तह एवं सम्बद्ध पक्षसँग आवश्यक समन्वय तथा सहजीकरण प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा विपद्बाट बढी प्रभावित जिल्लामा सम्वद्ध मन्त्रालयका कर्मचारी समावेश गरी स्थलगत टोली परिचालन गरेको छ ।

प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्बाट मानवबस्ती, पूर्वाधार, कृषिबाली तथा पशुपन्छीमा भएको क्षतिको प्रारम्भिक लेखाजोखा एक महिनाभित्र सम्पन्न गरी जनजीवनलाई सामान्य बनाउन प्रदेश तथा स्थानीय तहसँगसमेत समन्वय गरी आवश्यक कार्यसम्पन्न गरिने बताउनुभयो ।

“विभिन्न स्थानमा अवरुद्ध भएको टेलिफोन एवं विद्युत् सेवा सञ्चालन गर्न क्षतिग्रस्त संरचनाको पुनःनिर्माण एवं पुनःस्थापना गर्ने काम भइरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस कार्यलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरिनेछ ।”

प्रधानमन्त्री ओलीले जलविद्युत् उत्पादन अवरुद्ध भएका विद्युत् गृह पुनःसञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिइने र सामान्य प्रकृतिका क्षतिको हकमा तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने जानकारी गराउनुभयो । उहाँले क्षतिग्रस्त विद्युत् प्रसारण लाइनका संरचनालाई ‘इमर्जेन्सी रेस्टोरेशन टावर’मार्फत प्रतिस्थापन गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विपद्पश्चात् हुनसक्ने अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न निजी क्षेत्रसमेतको समन्वयमा बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाइने छ ।”

विपद्मा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको प्रबन्ध गरिसकिएको र विपद्पश्चात् फैलिनसक्ने सम्भावित रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी गरिएको प्रधानमन्त्रीले बताउनुभयो । साथै, यसका लागि प्रदेश र स्थानीय तहसँगको सहकार्यमा प्रभावित क्षेत्रमा आवश्यकतानुसार स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले बाढी, पहिरोबाट अवरुद्ध तथा क्षतिग्रस्त खानेपानी संरचनाहरूको तत्काल मर्मतसम्भार गरी खानेपानी प्रणालीलाई पुनःस्थापना गरिने जनाएको छ ।

“बाढी, पहिरोबाट अवरुद्ध भएका मुलुकभरका रणनीतिक सडकलाई थप तदारुकताका साथ यथाशीघ्र सञ्चालन गरिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका लागि पहिरोबाट अवरुद्ध सडक खोल्ने तथा पुल बगेका महत्त्वपूर्ण सडकमा बेलिब्रिज जडान गरिनेछ, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सनजस्ता वैकल्पिक माध्यमबाट तत्काल यातायात सञ्चालन गर्ने प्रबन्ध गरिनेछ ।”

प्रधानमन्त्री ओलीले विपद्का घटनासम्बन्धी सूचनाको प्रवाह, बाढी, पहिरो र डुबानमा परेका व्यक्तिको खोज, उद्धार तथा घाइतेको औषधि उपचार र अवरूद्ध सडक सञ्चालनका लागि अहोरात्र खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, आमसर्वसाधारण र सञ्चारकर्मीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विभिन्न स्थानमा अवरुद्ध भएको टेलिफोन एवं विद्युत् सेवा सञ्चालन गर्न क्षतिग्रस्त संरचनाको पुनःनिर्माण एवं पुनःस्थापना गर्ने काम भइरहेको जानकारी गराउँदै यस कार्यलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरिने बताउनुभयो ।

यसैगरी, प्रधानमन्त्रीले जलविद्युत् उत्पादन अवरुद्ध भएका विद्युत्गृह पुनः सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिइने र सामान्य प्रकृतिका क्षतिको हकमा तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने बताउनुभयो । क्षतिग्रस्त विद्युत् प्रसारण लाइनका संरचनालाई इमर्जेन्सी रेस्टोरेशन टावरमार्फत प्रतिस्थापन गरिने उहाँको भनाइ छ ।

सरकारले विपद्पश्चात् हुनसक्ने अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न निजी क्षेत्रसमेतको समन्वयमा बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने जनाएको छ ।

बाढी, पहिरोबाट २१ जिल्ला प्रभावित भएका छन् । जसमध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडाँै, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अतिप्रभावित भएका छन् । सरकारी तथ्याङ्कअनुसार यस घटनामा हालसम्म प्राप्त विवरणअनुसार दुई सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, एक ५८ जना घाइते भएका छन् । उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइ सकिएको सरकारले जनाएको छ ।

त्यस्तै, भौतिक क्षतिको प्रारम्भिक आँकलनअनुसार हालसम्ममा खानेपानीका संरचनामा रु तीन अर्ब ५५ करोड, सडक संरचनामा रु दुई अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा रु चार अर्ब र सिँचाइ पूर्वाधारतर्फ रु एक अर्बको क्षति भएको अनुमान छ ।

यसैगरी ३७ वटा राजमार्ग अवरूद्ध भएकामा नौ वटा राजमार्गमा अवरोध हटाई सञ्चालनमा ल्याइएको छ भने सञ्चालनमा रहेकामध्ये कूल ६६७ दशमलव ९३ मेगावाट जडित विद्युत् क्षमताको १६ वटा जलविद्युत् आयोजना, कूल एक हजार १३९ दशमलव १९ मे.वा जडित विद्युत् क्षमताको १८ वटा निर्माणाधीन जलविद्युत् आयोजना र पाँच वटा प्रमुख प्रसारण टावरमा क्षति भएको छ ।

त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको तीन सय १२ साइटमा क्षति भएको छ । कृषि तथा पशुपन्छीतर्फ रु छ अर्बको क्षति भएको सरकारको अनुमान छ ।

खोज तथा उद्धार कार्यमा ३० हजार सात सय ३१ जना सुरक्षाकर्मी परिचालन गरिएको र तत्काल उद्धारका लागि हेलिकप्टरसमेत प्रयोग भएको छ । विपद्को घटनापश्चात् तत्काल सम्बद्ध निकायलाई क्रियाशील बनाउनुका साथै विभिन्न तहका बैठक बसी एवं सर्वदलीय बैठकसमेत गरी विपद्मा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन प्रयास भएका छन् ।

सरकारले बाढी, पहिरो तथा डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारलाई राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भइसकेको उल्लेख गर्दै उक्त कार्यलाई यथाशीघ्र सम्पन्न गरिने जनाएको छ ।

“विपद् प्रभावित व्यक्तिहरूको खोज उद्धारको कार्य दुई दिनभित्र सम्पन्न गरिनेछ, उद्धार गरिएका र सुरक्षित स्थलमा राखिएका व्यक्तिलाई सुरक्षित घरफिर्तीको व्यवस्था तत्काल सम्पन्न गरिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रभावित घरपरिवारलाई आवश्यकताका आधारमा राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट निरन्तरता दिइनेछ ।”

प्रधानमन्त्री ओलीले विपद्मा घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि लाभग्राही पहिचान गरी तत्कालै अनुदान रकम वितरण गरिने बताउनुभयो । उहाँले बाढी, पहिरो तथा डुबानबाट ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो । साथै उहाँले सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

सम्बन्धित खबर