Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा जेब्रा क्रसिङ निर्माण
शनिवार, असोज १९, २०८१
बिर्तामोड, १९ असोज : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण गरेको छ ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक गणेश पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार मुक्तिचोक वरीपरी, भाटभटेनी सुपर मार्केट अगाडि र मोहनमाया माध्यमिक विद्यालय अगाडि गरेर ९ वटा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।यस अघि निर्माण गरिएका जेब्रा क्रसिङको रङ खुइलिएर देखिनै छाडेपछि यात्रुलाई सहज बनाउने उदेश्यले जेब्रा क्रसिङ निर्माण गरेको बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो ।
वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)अर्जुन प्रसाद सोडारीले स्थानिय विभिन्न संघ संस्थाको सहयोगमा अन्य स्थानमा पनि
जेब्रा क्रसिङ निर्माण गरिने जानकारी दिनुभयो ।