बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

राखेपले दुई तेक्वान्दो सङ्घ खारेज गरेपछि विवाद

बिहिवार, पौष ७, २०७९

काठमाण्डाै । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई तेक्वान्दो सङ्घलाई खारेज गरी नयाँ सङ्घ गठन गरेपछि विवाद सुरु भएको छ । राखेपले अस्ति मङ्गलवार तेक्वान्दो, उसु र शारीरिक सुगठन सङ्घ पुनर्गठन गरेको थियो । राखेपले पुनर्गठित नेपाल तेक्वान्दो सङ्घको अध्यक्षमा सङ्घका पूर्व उपाध्यक्ष प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिएको छ । यसअघि दुई तेक्वान्दो सङ्घ अस्तित्वमा थिए । खारेज गरिएको सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणा नेतृत्वको पदाधिकारीले तेक्वान्दो भवन छाड्न अस्वीकार गरेपछि विवाद देखिएको छ । राणा नेतृत्वको सङ्घले राखेपको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने समेत जनाएको छ । राखेपले पुनर्गठित उसु सङ्घको अध्यक्षमा जनक बर्तौला र महासचिवको जिम्मेवारी नवराज ढुंगानालाई दिएको छ । नेपाल शारीरिक सुगठन सङ्घमा भने सहमतिमा नै कार्यसमिति पुनर्गठन गरिएको छ ।
सम्बन्धित खबर