बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

भारतीय ट्रकमा आगजनी गरी चालकलाई जलाएर मार्ने ८ जनामाथि कर्तव्य ज्यान मुद्दा

मङ्गलवार, असोज २२, २०८१

झापा, २२ असोज : मेडिकल व्यवसायी दुर्गा प्रसाईँका ८ जना समर्थकहरूमाथि कर्तव्य ज्यानको मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको छ । उनीहरूले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारबाही अगाडी बढाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला अदालत झापाबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको असोज १९ गते मृत्यु भएपछि सो सम्बन्धमा कानुन बमोजिम कर्तव्य ज्यानमा समेत थप कारबाही अगाडी बढाइएको प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो।

राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँ काठमाडौँमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरूले असोज ६ गते राति १०:३० बजे कनकाई नगरपालिका-८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिराहातर्फ गइरहेको कुमार महतोले चलाएको

UP57AT4493 नं. को भारतीय ट्रक र सोही रातिको बिहान २:३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको WB 73 E 3056 नम्बरको अर्को भारतीय ट्रकलाई आगजनी गरेका थिए । मोटरसाइकलमा आएका दुर्गाका समर्थकहरूले ट्रक चालकलाई मार्ने उद्देश्यले प्लास्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए ।

ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए । रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बङ्गाल मेडिकल कलेज एन्ड हस्पिटल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

पक्राउ परी ज्यान मुद्दामा पर्नेहरूमा हल्दिबारी –१स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र अभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरू हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा– ९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी– १ बस्ने ५१ वर्षीय वीरबहादुर गुरुङ र पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू रहेका छन् ।

भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरूले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको छ ।

सम्बन्धित खबर