शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

सन्थाल नृत्य देखाउन घरघरमा डुल्दै गर्दा सीताराम ऋषिदेवको मृत्यु

आइतवार, असोज २७, २०८१

बिर्तामोड, २७ असोज असोज : झापाको बिर्तामोड नगरपालिका १० स्थित मुसहर बस्तीका सीताराम ऋषिदेवको सन्थाल नृत्य देखाएर घरघरमा माग्दै गर्दा मृत्यु भएको छ ।

हिजो साँझ दशैँको टिकाको दिन ५३ वर्षीय ऋषिदेवको मृत्यु भएको हो । शुक्रबार बिहानै घर छाडेका उनले मादक पदार्थ सेवन गरी मातेकै अवस्थामा नाच्दै घरघरमा माग्दै हिँडिरहेका थिए ।

सीतारामलाई शनिबार बिहान ६ बजे मनकामना मन्दिर विराटपोखरमा लडिरहेको देखेर स्थानीयले परिवारलाई खबर गरेका थिए ।

प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।

सम्बन्धित खबर