Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु
मङ्गलवार, असोज २९, २०८१
दमक, २९ असोज : इलामको चुलाचुलीमा सोमबार राति जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । धान खेतमा आएको हात्ती खेदाउने क्रममा ७३ वर्षीय बृद्धको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार राति ९ः३० बजेतिर चुलाचुली १ स्थित घरनजिकै रहेको धान खेतमा हात्ती आएको थियो । हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएका राईलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।