शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापामा नगद ५ लाखसहित १२ जना जुवाडे पक्राउ

मङ्गलवार, असोज २९, २०८१

झापा, २९ असोज : प्रहरीले छापा मारेर झापाका एक होटेलबाट नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ। तास खेल्दै गरेको जानकारी पाएपछि प्रहरी टोलीले गएराति साढे ८ बजेतिर शिवसताक्षी नगरपालिका–९ दुधेस्थित सगरमाथा होटेलमा छापा मारेको हो।

घरको तेस्रो तलामा प्रहरीले छापा मारेर तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा झापा शिवसताक्षीका ५० वर्षिय मिलन भण्डारी, ४७ वर्षिय दिपक तामाङ, ४२ वर्षिय नविन तिम्सिना,३९ वर्षिय प्रकाश लिम्बु, ३७ वर्षिय भिम बहादुर भण्डारी, ४१ वर्षिय दिनेश बाराकोटी, ३२ वर्षिय नरेन्द्र बिश्वकर्मा, ३६ वर्षिय लोकबहादुर बिश्वकर्मा, ४१ वर्षिय खगेन्द्र उप्रेती,३९ वर्षिय बिनोद खरेल (घर तथा होटल साहु), २० वर्षिय सौगात मैनाली र भारत कलकता बस्ने बर्ष ४१ वर्षिय परिदोश पल रहेका छन् ।

सम्बन्धित खबर