Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर
मङ्गलवार, असोज २९, २०८१
काठमाडौं, २९ असोज : चलचित्र ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर देखिएको छ । सुरुमा ‘१२ गाउँ’को भन्दा धेरै शो ‘छक्का पञ्जा’ले पाएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा छैटौँ दिनमा आइपुग्दा ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो बराबरी छ । सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिएको थियो । ‘१२ गाउँ’ले २२ शो पाएको थियो ।
त्यसयता विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गएर छैटौँ दिनमा आइपुग्दा काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको हो । आज काठमाडौं उपत्यकामा क्यूएफएक्सले यी दुवै चलचित्रलाई बिहान साढे ८ बजेपछि समान २५/२५ शो दिएको छ । सिंगल थिएटरमा भने सुरुदेखि नै ‘१२ गाउँ’मा बढी क्रेज रहेको वितरक गोविन्द शाहीले बताएका छन् ।
अन्य मल्टिप्लेक्समा केहीमा ‘छक्का पञ्जा–५’को शो धेरै छ भने केहीमा ‘१२ गाउँ’को शो बढी छ ।
‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा छन् ।
‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।
यी दुईवटै चलचित्र अधिकांश शो हाउसफुल अकुपेन्सीमा चलिरहेका छन् ।