शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

मामा घरको गेटले किचेर दुई वर्षिय बालकको मृत्यु

शुक्रवार, कार्तिक २, २०८१

झापा, ०२ कात्तिक : अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का २ वर्षिय शिवयम मस्कराको गेटले किचेर मृत्यु भएको छ ।

आमा श्रेया अग्रवालसंग मामा रिषि अग्रवालको घर गएका उनको खेल्ने क्रममा घरमा लगाएको फलामको गेट पल्टिएर किचेको थियो । उनको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवयमको टाउकोमा गम्भिर चोट लागेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर