बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

राष्ट्रिय सहकारी बैंक प्रदेश १ को संचालकमा गिरी सर्वसम्मत

बिहिवार, पौष ७, २०७९

बिर्तामोड । राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा महेन्द्र गिरी सर्वसम्मत हुनु भएको छ । प्रदेश नं १ बाट संचालकका लागि बुधबार गिरी र कृष्ण दाहालको उम्मेदवारी परेपनि विहिबार दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत हुनु भएको निर्वाचन उपसमितिका सदस्य रामशरण शर्मा घिमिरेले जानकारी दिनु भयो।

यसअघि अध्यक्षमा केबी उप्रेती तथा गण्डकी प्रदेश संचालकमा राम बहादुर जिसी र मधेश प्रदेश संचालकमा विश्वनाथ मण्डलको मात्रै उमेदवारी परेपछि निर्विरोध भइसकेका छन् । यस्तै योग्यता नपुगेको भन्दै लेखा समिति संयोजक राजु पुरीको उम्मेदवारी खारेज भएपछि लक्ष्मीप्रसाद उप्रेती पनि निर्विरोध बन्नु भएको छ ।

अब प्रदेश संचालकमध्ये बागमतीमा ५ जना र कर्णालीमा ३ जनाको उमेदवारी छ । महिलाका लागि छुट्याइएको लुम्बिनी र सुदुरपञ्चिम प्रदेश संचालकमा पनि ४ जनाको उमेदवारी रहेको छ ।

यसैगरी खुल्ला सदस्यमध्ये ४ जनाको लागि ३३ जनाको उम्मेदवारी परेकोमा युगेश पौडेलको खारेज भएसँगै ३२ जना बाँकी छन् । महिला खुल्ला ३ पदका लागि ७ जनाको उमेदवारी रहेकोमा विमला शाहाको पनि खारेज भएपछि ६ जना बाँकी रहेका छन् । यस्तै लेखा समिति सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उमेदवारी छ । निर्वाचन उपसमितिले उम्मेदवारी फिर्ता लिनका लागि विहिबार ५ बजेसम्म समय दिएकाले सर्वसम्मतको प्रयास भइरहेको स्रोतले जनाएको छ ।

बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।

सम्बन्धित खबर