आइतवार, कार्तिक ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

घरको तेश्रो तलाबाट हामफालेर आत्महत्या

आइतवार, कार्तिक ४, २०८१

झापा, ४ कात्तिक : झापाको दमकमा घरको छतबाट हामफालेर एक जनाले आत्महत्या गरेका छन् ।

दमक नगरपालिका वडा नम्बर १ स्थित रबि स्टेण्ड का २७ वर्षिय अर्बिन लिम्बुले आफ्नै घरको तेश्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । मृतक लिम्बु मानसिक रोगबाट ग्रसित रहेको प्रहरीले जनाएको छ ।

उनको शवलाई पोष्टमार्टमको लागि दमकअस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर