मङ्गलवार, कार्तिक ६, २०८१
Nayapaper | अनलाइन पत्रिका

‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं, ०६ कात्तिक : नेटफ्लिक्सले प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को डिजिटल अधिकार २७५ करोड भारुमा खरिद गरेको छ । यो सम्झौता भारतीय फिल्मको इतिहासमा सबैभन्दा ठूलो डिजिटल अधिकार खरिदमध्येको एक हो, जसले विश्वचर्चित ओटीटी प्लाटफर्मले दक्षिण भारतीय कन्टेन्टतर्फ देखाएको रुचिलाई दर्शाउँछ ।

रिलिजपूर्व नै फिल्मले हासिल गरेको व्यावसायिक उपलब्धिको एक भागको रुपमा यो राइट बिक्री आएको छ । अल्लु अर्जुन स्टारर यो फिल्मले विभिन्न राइट बिक्रीमार्फत रिलिजअघि नै एक हजार ८५ करोड भारु कमाएको जनाइएको छ ।

फिल्मको राइट खरिदमा नेटफ्लिक्सले गरेको यो लगानीले ‘पुष्पा’को पहिलो भागले गरेको जस्तै व्यावसायिक सफलतालाई दोहोर्‍याउने इच्छा राखेको देखिन्छ । यो फिल्मबाटै हालै अभिनेता अल्लु अर्जुनले भारतको राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए, पुरस्कारको निर्णयले पनि नेटफ्लिक्स प्रभावित भएको अनुमान छ ।


नेटफ्लिक्स बाहेकका सबै डिजिटल राइटको बिक्रीको मूल्य जोड्दा कुल आम्दानी ४२५ करोड भारु हुन आउँछ । समग्र प्रि–रिलिज व्यापारलाई हेर्दा यो फिल्मले आन्ध्र प्रदेश र तेलंगानामा २२० करोड, उत्तरी भारतमा २०० करोड, तमिलनाडुमा ५० करोड, कर्नाटकामा ३० करोड भारु कमाएको छ । केरलमा २० करोड र विदेशी बजारहरूमा १४० करोड भारु कमाएको छ । म्युजिक राइट्स ६५ करोड र स्याटलाइट राइट्स ८५ करोड भारुमा बिक्री भएको छ ।


‘पुष्प २ : द रुल’ ६ डिसेम्बर २०२४ मा विश्वभरका हलमा रिलिज हुँदैछ । यो फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने मिथ्री मुभी मेकर्सले निर्माण गरेको हो । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिल मुख्य भूमिकामा छन् ।

सम्बन्धित खबर