आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

दुर्गा प्रसाईका ९ जना कार्यकर्ता जेल चलान

बुधवार, कार्तिक ७, २०८१

झापा, ०७ कात्तिक : बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँका ९ जना कार्यकर्ता जेल चलान भएका छन् । उनीहरु ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा जेल चलान भएका हुन् ।

कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई मंगलवार पुर्पक्षका लागि जेल चलान गरिएको हो । बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरूलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनु भयो ।

ज्यान मुद्दामा कारागार चलान हुनेहरूमा हल्दिबारी –१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानको भ्रातृ सङ्गठन पीडीएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरू हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा– ९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी– १ बस्ने ५१ वर्षीय वीरबहादुर गुरुङ , पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू र पीडीएफकै सदस्य बाह्रदशी–६ बस्ने अन्दाजी २४ वर्षीय खगेन्द्र राजवंशी रहेका छन् । फरार रहेका राजवंशीलाई प्रहरीले पछि पक्राउ गरेको थियो ।

उनीहरूले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा कारबाही अगाडी बढाएको थियो । झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको गत असोज १९ गते मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप कारबाही अगाडी बढाइएको थियो ।

अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँ काठमाडौँमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरूले गत असोज ६ गते राति १०:३० बजे कनकाई नगरपालिका वडा नं. ८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिराहातर्फ गइरहेको कुमार महतोले चलाएको UP57AT4493 नं. को भारतीय ट्रक र सोही रातिको बिहान २:३० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको WB 73 e\ 3056 नं. को अर्को भारतीय ट्रकलाई आगजनी गरेका थिए । मोटरसाइकलमा आएका दुर्गाका समर्थकहरूले ट्रक चालकलाई मार्ने उद्देश्यले प्लास्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए ।

ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए । रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बङ्गाल मेडिकल कलेज एन्ड हस्पिटल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरूले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको थियो ।

उद्दण्ड गतिविधि गर्दै आएपछि प्रसाईँका समर्थकहरू एकपछि अर्को गरी पक्राउ पर्दै गएका छन् ।

सम्बन्धित खबर