Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
रात्रि बसको ठक्करबाट हजुरबा नातिनीको ज्यान गयो
बुधवार, कार्तिक ७, २०८१
बिर्तामोड, ७ कात्तिक : झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा आज साँझ प्रदेश १-०१-००१ ख ४३३१ नम्बरको रात्रि बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ३ सानो केर्खाका ६० वर्षीय टेकबहादुर लिम्बू र नाम नखुलेकी नौ वर्षकी नातिनी रहेका छन् । साइकलमा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको स्थानीयले जनाएका हुन् ।
पूर्व पश्चिम राजमार्गमा भएको उक्त घटनापछि यातायात अवरुद्ध भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनापछि प्रहरीले बसचालक झापा शिवगञ्जका ३२ वर्षीय विशाल ठटाललाई नियन्त्रणमा लिएको छ । चालकलाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको हो । घटना स्थलमा आन्दोलन भईरहेकोले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।