बुधवार, कार्तिक ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

रात्रि बसको ठक्करबाट हजुरबा नातिनीको ज्यान गयो

बुधवार, कार्तिक ७, २०८१

बिर्तामोड, ७ कात्तिक : झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा आज साँझ प्रदेश १-०१-००१ ख ४३३१ नम्बरको रात्रि बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका ३ सानो केर्खाका ६० वर्षीय टेकबहादुर लिम्बू र नाम नखुलेकी नौ वर्षकी नातिनी रहेका छन् । साइकलमा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको स्थानीयले जनाएका हुन् ।

पूर्व पश्चिम राजमार्गमा भएको उक्त घटनापछि यातायात अवरुद्ध भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनापछि प्रहरीले बसचालक झापा शिवगञ्जका ३२ वर्षीय विशाल ठटाललाई नियन्त्रणमा लिएको छ । चालकलाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको हो । घटना स्थलमा आन्दोलन भईरहेकोले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खबर