आइतवार, साउन १०, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यक : प्रधानमन्त्री

बिहिवार, कार्तिक ८, २०८१

काठमाडौँ, ८ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विश्वव्यापी शान्ति, स्थिरता र दिगो विकासलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्न तयार रहेको छ भन्नुभयो ।

शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र गैरहस्तक्षेप नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले ‘सबैसँग मित्रता’को भावना अघि सारिरहेको स्पष्ट पार्नुभयो । संयुक्त राष्ट्र बडापत्रप्रति नेपालको प्रतिबद्धता दोहो¥याउँदै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति, समानता, सहयोग र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि नेपालले दशकौँदेखि निरन्तर पैरवी गर्दै आएको स्मरण गर्नुभयो ।

राष्ट्र सङ्घीय शान्ति मिसन, अन्तर्राष्ट्रिय सन्धि र निशस्त्रीकरण प्रयासमा नेपालको योगदानले विश्वव्यापी शान्ति र सद्भावप्रतिको समर्पणलाई झल्काएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिकूलताका बाबजुद पनि द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा खटिइएका शान्ति सैनिकको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

राष्ट्र सङ्घको आह्वानमा नेपालले शान्ति सैनिक पठाउन थालेको इतिहास गर्व गर्न लायक रहेको जनाउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय शान्ति अभियानले विभिन्न चुनौती सामना गरिरहेको बताउनुभयो । शान्ति सैनिकहरु हिंसात्मक समूह र बदलिँदो सुरक्षा अवस्थाबाट जोखिममा रहेका उल्लेख गर्दै उहाँले जटिल बन्दै गएका द्वन्द्व व्यवस्थापन र समाधानका लागि मजबुद अन्तर्राष्ट्रिय समर्थन र ऐक्यबद्धता आवश्यक भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी समुदायले सामना गरिरहेको वातावरणीय चुनौती सम्बोधन गर्न तथा मानवजातिको साझा खतराविरुद्ध सामूहिक रूपमा लड्ने बेला आएको बताउनुभयो । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाले जलवायु परितर्वन, जैविक विविधताको हानी र वातावरणीय ह्रासबाट आइपर्ने चुनौतीलाई स्पष्टसँग किटान गरेको उल्लेख गर्र्दै प्रधानमन्त्री ओलीले ती चुनौती समाधान गर्न दृढ प्रतिबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

नेपालजस्ता देशहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरेका भए पनि जलवायु सङ्कटबाट प्रभावित हुन पुगेको बताउँदै प्रधानमन्त्री ओलीले वातावरणीय प्रभाव अन्त्यका लागि विश्वव्यापी साझेदारी गर्न नेपाल तयार रहेको स्पष्ट पार्नुभयो । नेपाल संयुक्त राष्ट्र सङ्घका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको दोहो¥याउँदै प्रधानमन्त्रीले शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षणको विश्वव्यापी प्रयासलाई अनवरतरुपमा समर्थन गरिरहने बताउनुभयो ।

प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । उहाँले विश्वव्यापी शान्ति प्रवद्र्धन, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धनमा संयुक्त राष्ट्र सङ्घले नेतृत्वदायी भूमिका स्मरणीय रहेको छ भन्नुभयो ।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्य बनेको र हालसम्म राष्ट्र सङ्घको बडापत्रप्रति प्रतिबद्ध मुलुकका रुपमा रहेको स्पष्ट पार्दै प्रधान सेनापति सिग्देलले विभिन्न शान्ति मिसनमा शान्ति सैनिक पठाउने मुलुकका रुपमा नेपाल पहिलो रहेको जानकारी दिनुभयो ।

समारोहमा द्वन्द्वग्रस्त मुलुकका ११ वटा मिसनमा तैनाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्मिलित फौजले मार्च पास गरेको थियो । सो अवसरमा मारुनी, मघौटा, झ्याउरे र हुड्केली नाच तथा नेवारी समुदायको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । नेपाली सेनाका खेलाडीले तेक्वान्दो खेल प्रस्तुत गरेको सो समारोहमा तीन वटै सुरक्षा सङ्गठनका तर्फबाट संयुक्त ब्याण्ड तथा नेपाली सेनाको हेलिकप्टरमार्फत ‘यु एन डे–२०२४’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । समारोहमा मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

छ दशक पुरानो नेपाल–संयुक्त राष्ट्र सङ्घ सहकार्य

विश्वभर शान्ति, एकता, मैत्री र मेलमिलाप प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हो । अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पत्ति, सामुद्रीक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायत उक्त विश्व संस्थाका १५ वटा विशिष्टिकृत निकायमार्फत श्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलवायुका क्षेत्रमा मुलुकलाई सहयोेग प्राप्त हुँदै आएको छ ।

नेपालको शान्ति प्रक्रियालाई निष्र्कमा पु¥याउन संयुक्त राष्ट्र सङ्घले विशेष सहजीकरण गरेको थियो । सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य भएको नेपालले त्यसको तीन वर्षपछि शान्ति सैनिक परिचालन गर्न थालेको हो । मुलुकले शान्ति सेनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी परिचालन गर्दै आएका छ । राष्ट्रसङ्घीय शान्ति सेनामा सैनिक परिचालन गर्ने मुलुकको सूचीमा नेपाल प्रथम स्थानमा छ । राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका एक सय २० राष्ट्रबाट ९७ हजार शान्ति कार्यरत छन् ।

राष्ट्रसङ्घको छातामुनि विश्वका विभिन्न मुलुकमा स्थापना भएका ११ शान्ति मिसनमा छ सय ५१ महिलासहित पाँच हजार नौ सय १८ नेपाली शान्ति सैनिक परिचालन भएका छन् । शान्ति सेनामा महिला परिचालन गर्ने मुलुकको सूचीमा पनि नेपाल शीर्षस्थानमा छ । शान्ति मिसनमा सशस्त्र प्रहरी बलबाट एक सय ९५ र नेपाल प्रहरीका २८ जना कार्यरत छन् ।

नेपाली सेनाका अनुसार हालसम्म ४४ मिसनमा एक लाख ५३ हजार छ सय ५४ नेपाली शान्ति सैनिकले आफ्नो सौर्य प्रदर्शन गरेका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवक्षक परिचालन गरेर विश्वशान्ति स्थापनाका निम्ति स्थापना भएको राष्ट्रसङ्घसँग सहकार्य सुरु गरेको नेपालले सन् १९७४ मा नेपाली सेनाको पुरानो गोरख गणलाई इजिप्टमा परिचालन गरेको थियो । हालसम्म ७३ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६९ जना घाइते भएका छन् ।

सम्बन्धित खबर