शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

‘सहारा नेपाल साकोस’ नेपालकै सबैभन्दा ठुलो सहकारी बन्न सफल

शुक्रवार, पौष ८, २०७९

बिर्तामोड । सहारा नेपालका अध्यक्ष हरि बहादुर राजवंशीले आर्थिक कारोवार, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले संस्था देशकै ठुलो भएको बताएका छन् । केहि वर्षयता संस्था निरन्तर मुलुकको ठुलो संस्थाको रुपमा स्थापित भएको बताउनु भयाे ।

सहकारी सिद्धान्तको कार्यान्वयन र सदस्यहरुको सन्तुष्टिकै कारण सहारा नेपाल सबैभन्दा ठुलो संस्था बनेको राजवंशीको भनाई छ । शुक्रवार सहाराले २६ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बोल्दै राजवंशीले सदस्यहकै कारण संस्थाले फड्को मारेको बताउनु भयाे ।

आज आयोजना हुने माइन्यूट प्रमाणिकरणका लागि सहाराले शुक्रवार प्रतिवेदन सार्वजनिक गरेको थियो । सहाराले साना नानीहरुबाट प्रतिवेदन सार्वजनिक गरेको छ । यसअघि सहाराले ९६ स्थानमा एकाई साधारणसभा सम्पन्न गरिसकेको कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिनु भयाे । कार्यकारी प्रमुख गिरीले तरलताका बाबजुत पनि संस्थाले सदस्यहरुको बचतको पुर्ण सुरक्षा प्रदान गरेको बताउनु भयाे ।

संस्थाको शेयर पूँजी १ अर्व ६३ करोड १६ लाख, जगेडा कोष १ अर्व ११ करोड ११ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत १ अर्ब २५ करोड ३६ लाख लगानीमा रहिरहेको ऋण १ अर्व, भौतिक सम्पत्ती ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्व ७२ करोड रहेको छ । आर्थिक बर्ष २०७८-०७९ असार मसान्त सम्मको संस्थाको वासलात १५ अर्व ३८ करोड पुगेको छ । संस्थाले यसवर्ष ४९ करोड ७७ लाख खुद नाफा गरेको जनाइएको छ । सदस्यलाई लाभास र संरक्षित पुँजी फिर्ता कोषवाट ३० करोड १५ लाख बितरण गरिने गिरीले जानकारी दिए । ७९ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको संस्थामा १ लाख ५९ हजार ७७८ जना शेयर सदस्य रहेका छन् । संस्थाले चालु आर्थिक बर्षभित्र ८९ वटा सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ खर्बको वासालात बनाउँदै ६२ करोड नाफा गर्ने उद्देश्य राखेको छ ।

हालसम्म ६ वटा सहकारीसँग एकीकरण सम्पन्न गरेको सहाराले थप ५ वटा सहकारीसँग एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ । हामी विग मर्जरको सोचमा छौं, गिरीले भने – विग मर्जर हाम्रो प्राथमिकतामा छ ।

सम्बन्धित खबर