शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

दोश्रो गोरख भेट्रान्स कप : उपाधिको लागि विर्तामोड र दमक भिड्ने

शुक्रवार, कार्तिक ९, २०८१

समाल्बुङ, ९ कात्तिक : दोश्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिको लागि पूर्वेली भेट्रान्स विर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनल खेलमा बिजय हासिल गर्दै विर्तामोड र दमक उपाधिको लागि भिड्ने भएका हुन् ।

पहिलो सेमिफाइनल खेलमा विर्तामोडले बरमियोक नाम्पिङ सिक्किमलाई ४–३ र दोश्रो सेमिफाइनलमा दमकले युएफसी बुङ्कुलुङलाई १–० ले हराएको हो । सुरुवाती ३–० को अग्रता जोगाउन नसक्दा सिक्किम अन्तिम चारबाट पराजित भएको हो । खेलको तेश्रो मिनेटमा दावा भोटियाले सिक्किमलाई अग्रता दिलाए । ८ औ मिनेटमा दावाले अग्रता दोब्बर बनाए । १७ औ मिनेटमा तेन्जिङ भोटियाले ३–० गोल अन्तर बनाए । २२ औ मिनेटमा प्रेम लिम्बुले गोल अन्तर कम बनाए । पहिलो हाफमा ३–१ को अग्रता बनाएको सिक्किमले दोश्रो हाफमा थप ३ गोल व्यहोर्न पुग्यो । दोश्रो हाफको ७ औ मिनेटमा लिम्बुले गोल अन्तर ३–२ बनाए । ४ मिनेट नवित्दै सन्तोष राईले गोल गर्दै खेल बराबरी गरे । इन्जुरी समयमा कर्ण लिम्बुले कर्नरबाट गरेको प्रहारलाई लिम्बुले जाली चुमाउँदै ह्रयाट्रिक पुरा गरे । ह्रयाट्रिक गरेका लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनलाई जिल्ला समन्वय समिति इलाम उपप्रमुख चित्रकला बराइलीले ट्रफी प्रदान गरिन् । त्यसैगरी दोश्रो सेमिफाइनलमा विकास राईले निर्णायक गोल गरेपछि दमकले फाइनलमा स्थान बनाएको हो । दोश्रो हाफको १५ औ मिनेटमा उनले गोल गरेका थिए । अग्रता बनाएको ३ मिनेट नवित्दै दमक ६ खेलाडीमा सिमित भएको थियो । स्ट्राइकर सुवास आङथुपो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । म्यान अफ दि म्याच निर्णायक गोलकर्ता राई घोषित भए । फाइनल खेल कार्तिक १० गते हुनेछ ।

गोरख भेट्रान्स कपका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख चित्रकला बराइलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बराइली र सन्दकपुर खेलकुद विकास समितिका अध्यक्ष रुपेन्द्रराज नेम्वाङले शुभकामना मन्तव्य राखेका थिए ।
गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा भएको प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने छन् ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर