Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
बिर्तामोडको एक घरमा आगलागी, ग्यास सिलिन्डर विष्फोट हुँदा तीनजना घाइते
बिहिवार, कार्तिक २२, २०८१
बिर्तामोड, २२ कात्तिक : बिर्तामोड ८ प्याकुरेल चोक निवासी शिव गौतमको घरमा आगलागी भएको छ ।
आज राति ८ः२० बजे गौतमको एकतले पक्की घरमा आगो सल्किएर भान्सामा रहेका ३ वटा ग्यास सिलिन्डर विष्फोट भएको हो । आगलागीबाट छिमेकी मोहन तिम्सिनासहित तीनजना घाइते भएका छन् । तिम्सिनालाई उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर लगिएको छ । आगलागीबाट एउटा स्कुटरसमेत जलेर नष्ट भएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।
उक्त आगलागी बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकलले राति ९.५ बजे नियन्त्रणमा लिएका छन् । आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको जनाइएको छ ।