Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
शुक्रवार, कार्तिक २३, २०८१
फुङ्लिङ (ताप्लेजुङ), २३ कात्तिक : ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा छ जना घाइते भएका छन् । आज यहाँ भएको झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी छ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा केवलकार पक्षधर फुङ्लिङ नगरपालिका—४ का ४० वर्षीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिका–४ का २६ वर्षीय कुमार शेर्पा, विपक्षका फुङ्लिङ नगरपालिका–४ बस्ने ४५ वर्षीय चन्द्र मादेन घाइते भएका छन् ।
पाथीभरामा भरिएका रूपमा काम गर्दै आएका फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू, सुरक्षकर्मीतर्फ सशत्र प्रहरी डिगेन्द्र ओली र प्रहरी जवान अभिनास माझी घाइते भएको कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । घाइतेलाई जिल्ला अस्पताललगायत स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका विषयमा दुईपक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको थियो । केवलकार निर्माणको लागि शिलान्यास गर्न लगिएको एक्स्काभेटरलाई विपक्षमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो । त्यसपछि केबलकार निर्माण पक्ष र विपक्षबीच झडप भएको जनाइएको छ ।