Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
आइतवार, कार्तिक २५, २०८१
विराटनगर,२५ कात्तिक : कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ पर्नु भएको छ ।उहाँलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उहाँलाई पक्राउ गरिएको स्रोतले बतायो । अधिकारीलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी छ ।
कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान जानुभएको थियो। त्यस क्रममा अधिकारीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।