आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

सुखानी सहिद स्मृति पार्कमा पर्यटक घट्दै

मङ्गलवार, कार्तिक २७, २०८१

झापा, २७ कात्तिकः आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको सुखानी सहिद स्मृति पार्कमा आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आवमा पर्यटक आवागमन घटेको छ ।

पार्कको मुख्य आकर्षणका रूपमा रहेको वाटर ‘म्यूजिकल फाउण्टेन’ बाट रात्रिकालीन सेवा दिन नसकेपछि पर्यटक घटेका पार्कका सहायक व्यवस्थापक योगेन्द्र रिजालले बताउनुभयो । उहाँका अनुसार आव २०७९/८० मा रात्रिकालीन फाउण्टेन सञ्चालन हुँदा दुई लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटक पार्कमा आएका थिए । उक्त वर्ष टिकट शुल्कबापत रु एक करोड १० लाख सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो ।

फाउण्टेनमा समस्या आएसँगै दिवा सेवा मात्र सञ्चालन गर्न थालेपछि गत आवमा एक लाख ८४ हजार मात्र पर्यटक आएका व्यवस्थापक रिजालले बताउनुभयो । “दुवै समय फाउण्टेन सञ्चालन हुँदा पर्यटकको आगमन बढी थियो”, उहाँले भन्नुभयो, “अहिले फाउण्टेनमा समस्या आएर रात्रिकालीन सेवा बन्द भएपछि पर्यटक घट्न थालेसँगै पार्कको आम्दानीसमेत घटेको छ ।”

दुई वर्षअघि पर्यटन मन्त्रालयको रु ५० लाख र पार्कको रु १५ लाख लागतमा फाउण्टेन निर्माण गरिएको थियो । हेरिटेज नेपाल नामक संस्थामार्फत जडान गरिएको फाउण्टेनको संरक्षण र मर्मतसम्भार नहुँदा दुवै समय सञ्चालन गर्न नसकिएको सहायक व्यवस्थापक रिजालले बताउनुभयो । दसैँअघि आएको बाढीको प्रभावले उक्त फाउण्टेन सञ्चालनलाई निरन्तरता दिन नसकिएको उहाँको भनाइ छ ।

अर्जुनधार नगरपालिका–९ र ११ मा रहेका सामुदायिक नमुना वनको २४ दशमलव ७५ हेक्टर जमिनमा सुखानी सहिद स्मृति पार्क निर्माण गरिएको छ । सुखानीमा पञ्चायतकालमा हत्या गरिएका पाँच सहिदको प्रतिमा, कछुवा उद्धार तथा प्रजनन् केन्द्र, बाल उद्यान, वनभोज स्थल, सिमसार क्षेत्रमा ड्याम बाँधेर निर्माण गरिएको पोखरीमा बोटिङको व्यवस्था, झोलुङ्गे पुललगायत महत्वपूर्ण स्थानहरु रहेका पार्क व्यवस्थापन समितिले जनाएको छ ।

पार्कमा प्रवेश गर्न रु ५०, बोटिङ गर्न रु ५० शुल्य निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिका लागि भने प्रवेश शुल्क नलाग्ने सहायक व्यवस्थापक रिजालले जानकारी दिनुभयो ।

सम्बन्धित खबर