बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अर्जुनधारा धाममा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

बिहिवार, कार्तिक २९, २०८१

झापा, २९ कात्तिकः पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले आगामी मङ्सिर ८ देखि १५ गतेसम्म महायज्ञ हुने जानकारी दिनुभयो । विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी सो पर्यटक भित्र्याउने लक्ष्य राखेको हो । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ ।

उहाँले धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी दिनुभयो । बाला चतुर्दशीमा समापन हुने गरी आयोजना गरिने महायज्ञको पूर्वतयारीका लागि विभिन्न १९ उपसमिति गठन गरिएको छ । समितिले आफ्नो जिम्मेवारीअनुसार धमाधम काम गरिरहेका छन् ।

हाल मूल मन्दिरको पूर्व–दक्षिणतर्फ १०८ व्यास (कुटी), यज्ञ, मण्डप आदि निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । अर्जुनधारा–८ स्थित ऐतिहासिक शनिश्चरे बजार चोकमा बिजुली बत्तीको ५० फिट अग्लो गेट निर्माणको तयारी गरिएको छ ।

अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुवेर सुवेदीको व्यासत्वमा हुने महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सहआचार्य रहने उहाँले बताउनुभयो । धाममा रु ५० लाखको अक्षयकोष रहेको र सो कोषलाई रु दुई करोड पु¥याउने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

अष्टोत्तरशत श्रीमद्भागवत पाठपारायणसँगै सोही सङ्ख्यामा यजमानसमेत राख्ने लक्ष्य लिइएको यज्ञका लागि रु ५१ हजार सहयोगसहित आफ्ना पितृको नाम सङ्कल्पसहित यजमान बन्न पाइने कोषाध्यक्ष जोशीले जानकारी दिनुभयो ।

महायज्ञ अवधिभरमा सहयोग रसिद, भागवत भेटी, गङ्गा आरती, बजार स्टल, यजमान, अक्षयकोष र अन्यसहित रु दुई करोड १६ लाख आम्दानी हुने अनुमान गरिएको छ । यज्ञ सम्पादनका प्रचार–प्रसार, साजसज्जासहित विभिन्न शीर्षकमा रु ९५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

मङ्सिर ८ गते विभिन्न जातजातिको झाँकीसहित नगर परिक्रमा गरी महायज्ञको उद्घाटन गरिने भएको छ । दैनिक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सङ्गितमय कथा प्रवचन, बिहान ७ बजेदेखि श्रीमद्भागवत कथा पाठपारायण, दैनिक साझ ७ः३० देखि ९ बजेसम्म भजनकीर्तनसहित रात्रि जागरण, मङ्सिर १५ गते बिहान शतविजरोपण कार्यक्रम तय गरिएको कोषाध्यक्ष जोशीले बताउनुभयो ।

सरकारले नेपालका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार वटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्बिरलाई नेपाल सरकारले हुलाक टिकटमा समेत अंकित गरिसकेको छ ।

महाभारतकालीन किंबदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानको रुपमा यस धामलाई मानिएको छ ।

विराट राजाका गाईहरु हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरु फर्काएर ल्याएको भनाइ छ । अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।

सम्बन्धित खबर