मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

मंसिर ७ गतेदेखि देशभर ‘अग्निदहन’

बिहिवार, कार्तिक २९, २०८१

बिर्तामोड, २९ कात्तिक : बोक्सी सम्बन्धी अन्धविश्वासविरुद्धको सामाजिक चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
‘मान्छे बोक्सी हुन्न’ भन्ने सन्देश बोकेको यो चलचित्र मंसिर ७ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो । चलचित्रको ‘प्रमोसन’का लागि पूर्व आएको चलचित्र युनिटले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र प्रदर्शनबारे जानकारी दिएको छ ।

Ramesh Tiwari चलचित्रका निर्देशक घनश्याम लामिछानेले समाजमा रहेको बोक्सी सम्बन्धी अन्धविश्वास अन्त्य गर्ने उद्देश्यले चलचित्र निर्माण भएको बताउनुभयो । ‘अग्निदहन’ २०७५ सालमै निर्माण भए पनि चलचित्रमा केही परिमार्जित गरेर ठूलो पर्दामा देखाउन लागिएको बताउनुभयो ।

“बोक्सीसम्बन्धी घटना भएका स्थानमा पाँच सय वटा निःशुल्क शो भइसकेको छ”, निर्देशक तिम्सिनाले भन्नुभयो, “घटना भएकै ठाउँमा आमनागरिकलाई सुसूचित गरेर बोक्सी भन्ने कुरा हुँदैन भन्ने जनचेतना जगाउने काम भइसकेको छ ।”
चलचित्रलाई अझ व्यापक बनाएर समाजमा कलंकको रुपमा रहेको बोक्सी प्रथा अन्त्यका लागि चलचित्र निर्माण र प्रदर्शनीमा जोड दिइएको निर्माता मोहनराज पौडेलले बताउनुभयो । “बोक्सी आरोपमा एक महिलालाई यातना दिएको प्रत्यक्ष देखेपछि यसको अन्त्य गर्नुपर्छ भनेर लागेको छौं”, उहाँले भन्नुभयो, “नेपालबाट यो कुप्रथाको अत्यका लागि चलचित्र बनाएका हौं ।” चलचित्रबाट हुने आम्दानी बोक्सी प्रथा अन्त्यकै लागि खर्च गरिने उहाँले बताउनुभयो ।

चलचित्रका मुख्य कलाकार प्रकाश घिमिरेले सामाजिक रुपान्तरणको अभियानका रुपमा चलचित्रमा अभियन गरेको बताउनुभयो । “चलचित्रको माध्यमबाट समाजलाई सही दिशा निर्देशन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “सामाजिक अभियानका रुपमा चलचित्रमा काम गरेको छु, चलचित्रले बोक्सी हुँदैन भन्ने सन्देश दिएको छ ।”Ramesh Tiwariअग्निदहनमा एक रुपैयाँ पारिश्रमिक लिएर मुख्य भूमिका निर्वाह गर्नुभएकी कलाकार प्रमिला तुलाचनले बोक्सी जस्तो कुप्रथामा अन्त्य गर्न चलचित्रमा अभिनय गरेको बताउनुभयो । “म सामाजिक काम गर्न रुचाउँछु”, उहाँले भन्नुभयो, “त्यसैले पनि बिना पारिश्रमिक चलचित्रमा काम गरेको छु, चलचित्रमार्फत समाजलाई सही मार्ग डोहोर्याउने हाम्रो प्रयास हो ।”
चलचत्रि ‘अग्निदहन’ मोहनराज पौडेल मुख्य संरक्षक रहेको मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको ब्यानमा बनेको हो ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’ ९० मिनेटको छ । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।

लोकमणि पौडेलको कथा, पटकथा र सम्वाद रहेको चलचित्रमा कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायाँकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ ।

चलचित्र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्च तहका व्यक्तित्वहरुले हेरिसक्नुभएको छ भने चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

सम्बन्धित खबर