बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

रङ्गशाला निर्माणमा शिवसताक्षीको लोभलाग्दो लगानी

शनिवार, मंसिर १, २०८१

झापा, १ मङ्सिर : खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दबदबा छ ।

क्रिक्रेटकी रुबिना क्षेत्री हुन् या फुटबलका हरि खड्का, झापाले खेलकुदको माध्यमबाट मुलुकको नाम चम्काउन दिएको योगदान अतुलनीय छ । तर जुन स्तरमा खेलाडीले सफलता पाउँदै आएका छन्, त्यसको तुलनामा झापामा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा भने उल्लेख्य लगानी हुन सकिरहेको छैन ।

खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणको टड्कारो आवश्यकता पूरा गर्न शिवसताक्षी नगरपालिकाले पछिल्लो समय स्थानीय रङ्गशाला निर्माणमा देखाएको तदारुकता भने लोभलाग्दो छ ।

मध्य झापामा रहेको शिवसताक्षी नगरपालिकाले वडा नं ११ दूधेबजार नजिक २५ हजार दर्शक अट्ने आधुनिक सुविधासम्पन्न रङ्गशालाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाले उक्त रङ्गशाला निर्माणमा रु दुई करोडभन्दा बढी बजेट लगानी गरिसकेको छ ।

भद्रपुरमा रहेको मेची रङ्गशाला आधा शतक पुरानो जिल्लाको पहिलो रङ्गशाला हो । इतिहास निर्माण गरिसकेको उक्त रङ्गशालालाई पनि प्यारापिट, बत्ती लगायतको पूर्ण सुविधायुक्त अझै बनाउन सकिएको छैन ।

जिल्लामा समुदायस्तरमा निर्मित अर्को रङ्गशाला विर्तामोडमा रहेको छ । डोमालाल रङ्गशाला नामले परिचित यो रङ्गशाला स्थापनाकालदेखि नै जग्गा समस्यामा अल्झिएको कारण भौतिक पूर्वाधारमा लगानीको वातावरण बन्न सकेको छैन ।

मेचीनगरमा खेलमैदानहरु भए तापनि तिनलाई रङ्गशालाको स्वरुप दिने प्रयास थालिएकै छैन । दमक र कमल पालिकामा दुईवटा प्रस्तावित रङ्गशाला छन् । अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा गरिएका दुवै रङ्गशाला राजनीतिक मतभेदका कारणले नाम विवादमा अल्मलिएका छन् ।

शिवसताक्षी नगरपालिकाको गठन भएपछि जननिर्वाचित पहिलो जनप्रतिनिधिकालमा नै रङ्गशाला निर्माणको आधारशीला खडा गरिएको थियो । तत्कालीन प्रदेश नं १ सरकारको समेत सहयोग जुटाएर नगरस्तरीय रङ्गशाला निर्माणका लागि तत्कालीन नगरप्रमुख चन्द्रकुमार शेर्माले मिहेनत गर्नुभएको थियो ।

उहाँको पालामा रङ्गशालाका लागि रतुवामाई वृक्षारोपण आयोजनासँग जोडिएको आठ बिगाहा जग्गामा रङ्गशालाका लागि घेराबारा बनाउने लगायतका परियोजनासम्बन्धी पूर्वाधारको काम अघि बढाइयो । त्यसबेला प्रदेश र स्थानीय पालिकाले रु एक करोड बजेट रङ्गशालामा विनियोजन गरेका थिए ।

नगरमा दोस्रो कार्यकालका लागि नगरप्रमुख मेगाहाङ थोप्राको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएपछि अधुरो रङ्गशालालाई पूर्णता प्रदान गर्नका लागि प्राथमिकताका साथ काम अघि बढाइएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा मैदान, चेन्जिङ रुम र मञ्च निर्माणमा नगरपालिकाले रु एक करोड १० लाख बजेट विनियोजन गरेको थियो । यसपालि आव २०८१÷८२ का लागि पालिकाले रङ्गशालाको अधुरा काम सम्पन्न गर्न रु ५० लाख बजेट छुट्याएको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो ।

“जिल्लामा रङ्गशालाको आवश्यकता महसुस भइरहेको अवस्थामा हामीले सबैभन्दा ठूलो र सुविधासम्पन्न रङ्गशाला निर्माणमा बजेट केन्द्रित गरेका हौँ,” उहाँले भन्नुभयो, “खेलकुदप्रेमीको भावना र आवश्यकतालाई ध्यानमा दिएर थालिएको सपना जस्तै रङ्गशालाको निर्माण अब सम्पन्न हुने चरणमा पुगिसकेको छ ।”

रङ्गशालाको वरिपरि पक्की घेराबेरा पहिल्यै निर्माण भइसकेको थियो । पानी निकासका लागि ड्रेन पनि बनिसकेको छ । एकातर्फको प्यारापिट निर्माण पहिल्यै भइसकेको थियो भने अर्कातिरको प्यारापिट निर्माण चालू आवमै सम्पन्न भइसक्ने नगरपालिकाले जनाएको छ । चालु आवमै विद्युत्, खानेपानी, शौचालय लगायतका अरू पूर्वाधार निर्माण हुनेगरी पर्याप्त बजेट विनियोजन भएको छ ।

खेलमैदानमा बाहिरबाट ल्याइएको मुलायम झार हुर्काइएको छ । यसै वर्ष मञ्च र प्यारापिट बनिसकेपछि रङ्गशालामा पहिलो गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो । शिवसताक्षी नगरपालिकाले रङ्गशाला निर्माणमा गरेको लगानीबाट स्थानीय खेलप्रेमी हर्षित छन् । शिवसताक्षीले नगरको गौरवको आयोजनाका रुपमा रङ्गशालामा गरिरहेको लगानी अरू पालिकाका लागि अनुकरणीय रहेको स्थानीय सरोज भट्टराई बताउनुहुन्छ ।

“धार्मिक र पर्यटकीय स्थलका कारण परिचित यस नगरलाई अब खेल पर्यटनका दृष्टिले चिनाउन सकिने अवस्था निर्माण हुँदै गएकामा नगरवासी खुसी छन्,” भट्टराई भन्नुहुन्छ, “सडकमा गिट्टी, बालुवा भर्नु र गाउँमा बिजुलीका खम्बा पुर्‍याउनु मात्र विकास होइन । खेलकुदमा भएको लगानीले नगरका युवाशक्तिलाई मानसिक र शारीरिक रुपमा स्वस्थ, अनुशासित र लगनशील बनाउन अवश्य नै सहयोग पुग्नेछ ।”

सम्बन्धित खबर