आइतवार, वैशाख १३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बजेट अभावले विकास आयोजना प्रभावित : सभामुख घिमिरे

मङ्गलवार, मंसिर ४, २०८१

बिर्तामोड, ४ मंसिर : सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताउनुभएको छ ।
आफू निर्वाचन भएको दुई वर्ष पुगेकै दिन मंगलबार झापा क्षेत्र नम्बर २ का आधा दर्जन विकास आयोजना निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले मुलुकको शिथिल अर्थतन्त्रको प्रभाव विकासमा सोझै परेको बताउनुभयो । ‘तुलनात्मक रुपमा झापा क्षेत्र नम्बर २ मा धेरै योजना परेका छन्, तर पनि चित्तबुझ्दो अवस्था छैन,’ उहाँले मदन भण्डारी राजमार्ग अवलोकनका क्रममा भन्नुभयो, ‘तथापि मेरो प्रयास निरन्तर हुनेछ ।’
मुलुकको सर्वोच्च जनप्रतिनिधिमुलक संस्था संसदको सभामुखकोरुपमा विधि निर्माणमा आफ्नो सम्पूणर् शक्ति लगाउनुपर्ने अवस्थामा पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने सभामुखको भनाइ छ । ‘मलाई निर्वाचन जितेपछि ५ वर्ष जनताकै घरमा पुगेर बिताउँछु भन्ने थियो, परिस्थितिले सभामुख भएपछि भेटघाट कम भएको छ,’ उहाँले भन्नुभयो, ‘तर, जिल्लाको विकासमा काठमाडौंबाटै धेरै भन्दा धेरै पहल गर्ने अवसर पनि मिलेको छ ।’सभामुख घिमिरे चारको कार्यक्रम बनाएर आइतबार बिर्तामोड आउनुभएको थियो । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सोमबार काठमाडौं पुगेर सोही दिन साँझ पुनः झापा आउनुभएको छ ।

संसद अधिवेशन नभएको र संसदीय गतिविधि कम भएको अवस्थामा सभामुख घिमिरेले जिल्लाको विकास आयोजनालाई प्राथमिकता दिँदै आउनुभएको छ ।
आइतबार झापा आएलगत्तै बिर्तामोड र कनकाई क्षेत्रको अवलोकनमा निस्कनुभएका घिमिरेले सोमबार निर्माण तयारीमा रहेको सुपारी प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको थियो । मंगलबार बिहानदेखि राति अबेरसम्म घिमिरे प्रदेश सभा सदस्य चिन्तन पाठकसहित राजनीतिक दलका अगुवा, आयोजनाका अधिकारीहरूसहित निर्वाचन क्षेत्र अन्तगर्तका विभिन्न आयोजनामा पुग्नुभएको थियो ।

सभामुख घिमिरेले अर्जुनधारा ११ स्थित बुट्टाबारीबाट सालबाडी हुँदै कालिकास्थान जोड्ने सडकको स्थलगत अवलोकन गर्नुभयो । कालोपत्रे हुन नसकेर रोकिएको ९ दशमलव २ किमि लामो सडकको काम अगाडि बढाउने क्रममा सभामुखले सम्बद्ध पक्ष तथा स्थानीयसँग अन्तक्र्रिया गर्नुभएको थियो । कार्यक्रममा निर्माण पक्षले आगामी असारसम्ममा निर्माण सम्पन्न हुने जानकारी दिएको थियो ।

सभामुखले मंगलबार नै मदन भण्डारी राजमार्गको शनिश्चरेदेखि मेचीनगर हुँदै इलामसम्मको क्षेत्र अवलोकन गर्नुभयो । उहाँले सडक क्षेत्रका विभिन्न स्थानीयसँग अन्तक्रिया गर्दै सुझाव लिनुभएको थियो । आयोजनाका लागि बजेट अभाव नभए पनि निर्माण सुस्तता भएकोमा चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले प्राविधिक समस्या समाधान गर्न मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने बताउनुभयो ।

घिमिरेले हात्ती आतंक कम गर्न आफ्नो पहलमा भएको इलेक्ट्रिक फेन्सिङ सम्बन्धी कामको प्रगतिबारे बुझ्नुभएको थियो । इलेक्ट्रिक फेन्सिङ प्रविधि प्रभावकारी भएको बताउँदै उहाँले थप क्षेत्रमा विस्तारका लागि पहल गर्ने बताउनुभयो ।
सभामुख घिमिरेले अर्जुनधारा ८ स्थित टोपी चोक लगायतका सडक निरीक्षण गर्नुभयो । टोपी चोकमा स्थानीयले सभामुखको स्वागतमा कार्यक्रम आयोजना गरेका थिए ।
सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

सम्बन्धित खबर