मङ्गलवार, साउन १२, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

अदुवा खोला सिँचाइ आयोजनाको रकम किर्ते हस्ताक्षर गरेर झिकियो

बिहिवार, मंसिर ६, २०८१

बिर्तामोड, ६ मंसिर : झापाको अदुवा खोला सिँचाइ आयोजनामा किर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित ३ जनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ । झापाको बाह्रदशी र हल्दिबारीको करिव ६७५ हेक्टरमा सिँचाइ गर्ने उक्त आयोजनाको खातामा रहेको लाखौ रुपैयाँ कार्यसमितिका अध्यक्ष बृखबहादुर थापा (दिनेश), सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकनाथ ओलीले मिलेमतोमा चलाएको उपभोक्ताहरुले आरोप लगाएका हुन् ।

 


संस्थाको खातामा मौज्दात रहेको रकम कार्य समितिलाई थाहै नदिई तीन जनाले चलाएको पाइएको छ । खातामा रहेको १७ लाख ५४ हजार रुपैयाँ अपचलन गर्ने नियतले निकालेको उनीहरुलाई आरोप छ । कार्यसमितिका धेरै सदस्यहरुको हस्ताक्षर नै किर्ते गरेर उक्त रकम निकासा गर्ने निर्णय फेला परेको संस्थाका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारी बताउँछन् । उनै पूर्व अध्यक्ष अधिकारीले खाताबाट पैसा झिकेर चलाइसकेको पत्ता लगाएका थिए ।

संस्थाका उपाध्यक्ष रोमनाथ दाहालले आयोजनाको खाताबाट रकम निकासा गरेको विषय आफूलाई थाहा नभएको बताएका छन् । उनले भने, ‘मैले त्यस्तो निर्णयमा हस्ताक्षर गरेको छैन, पैसा निकालेको विषय पछि थाहा पाएँ ।’
किर्ते हस्ताक्षर गर्ने र अपचलन गरी लाखौं रुपैयाँ चलाउनेहरुलाई कानुनी कारबाही हुनुपर्ने उपाध्यक्षको माग छ । उपाध्यक्ष दाहाललाई गत कात्तिक २७ गते अध्यक्ष थापाले सम्पर्क गरेर ‘मिलाएर साधारणसभा’ सकिदिन भनेका थिए । उक्त प्रस्तावको ठाडै प्रतिवाद गरेको दाहालले बताएका छन् ।

अध्यक्षसहित तीन जनाले साढे १७ लाख अपचलन गरेको चर्चा चुलिएपछि तत्कालै साधारणसभाबाट उक्त विषयलाई सामसुम बनाउने प्रयास भएको बुझिएको छ । ‘कात्तिक २८ गते सामाजिक सञ्जालबाट साधारणसभा गर्ने भन्दै खबर गरिएको थियो’, उपाध्यक्षले भने, ‘अध्यक्ष साधारणसभा बोलाएर १९ गते नै देशबाहिर जानुभयो । उहाँको भाइ बिरामी परेर बाहिर गएको सूचना प्राप्त भएको छ ।’ उपाध्यक्ष दाहालले अध्यक्षको उपस्थिति बिना साधारणसभा सम्भव नहुने बताइसकेका छन् । संस्थाका सचिव पाठकले २७ गतेका दिन साधारणसभाको चिठी बाँडेको केही उपभोक्ताहरुले जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष लोकनाथ ओलीले आफूले हस्ताक्षर गरेर पैसा निकालेको स्वीकार गरेका छन् । अध्यक्षले आफ्नो भाइलाई विदेश पठाउनका लागि पैसा चलाएको उनको भनाइ छ । उनले आफूले हस्ताक्षर गरेकोभन्दा धेरै पैसा निकालिएको भन्दै त्यसबारे अनविज्ञता प्रकट गरेका छन् । उनी आफूले पनि २ लाख रुपैयाँ चलाएको स्वीकार गरे ।

संस्थाका सचिव प्रकाश पाठकले किर्ते हस्ताक्षर भएको विषय बारे थाहा नभएको बताए । कोषाध्यक्ष ओलीले भने सचिवको नाममा ५ लाखको चेक काटेर पैसा निकालेको बताएका छन् । सचिव पाठकले आफूले सो रकम नचलाएको दाबी गरे । उनी भन्छन्, ‘मेरो नाममा चलेको देखिन्छ, तर मैले खर्च गरेको होइन । त्यो पैसा अध्यक्ष ज्यूले नै चलाउनु भएको हो ।’ किर्ते हस्ताक्षर भएको बैठक पुस्तिकामा आफूले हस्ताक्षर गरे-नगरेको निर्णय पुस्तिका नै हेर्नुपर्ने उनको भनाइ छ । ‘संस्थाको पैसा व्यक्तिगत प्रयोजनमा जानु बेठिक हो’, उनले भने, ‘प्राविधिक हिसाबले मैले चलाएको देखिन्छ ।’

संस्थाका अध्यक्ष थापा भर्खरै नेपाल फर्किएका छन् । उनले संस्थाको रकम चलाएको स्वीकार गरिसकेका छन् । तर, उनले भने १० लाख ५४ हजार रुपैयाँ मात्र तीन जनाले चलाएको दाबी गरे । ‘संस्थाको रकम मैले मात्र चलाएको होइन, सचिव र कोषाध्यक्षले समेत चलाएका छन्’, उनले भने, ‘सचिव प्रकाश पाठकले भाइलाई अष्टे्रलिया पठाउने बेला पैसा चलाएका हुन् ।’

किर्ते हस्ताक्षरको लागि सचिव नै जिम्मेवार हुने अध्यक्ष थापाको भनाइ छ । ‘निर्णय पुस्तिकामा सचिवले हस्ताक्षर गराउनु भएको हो, के–के गर्नुभएको छ उहाँ नै जवाफदेही बन्नुपर्छ’, उनले भने, ‘किर्ते हो वा सक्कली हो मलाई थाहा छैन ।’ निर्णय पुस्तिकमा अध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक अधिकांशको हस्ताक्षर किर्ते भएको प्रमाण फेला परेको छ ।

२७ वर्ष संस्थाको नेतृत्व गरेका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारीले कामको सिलसिलामा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जाँदा रकम निकालेर चलाइसकेको सूचना पाए । ‘गाउँपालिकाले दिएको ९ लाख ३७ हजार, निर्माण व्यवसायीले विभिन्न आयोजना निर्माणमा लागतको २ प्रतिशतबाट आएको थप ९ लाखसहित संस्थामा १८ लाखभन्दा धेरै बजेट मौज्दात थियो । संस्थाको चल्ती र धरौटी खाता थियो । जब धरौटी खाताको पैसा चल्तीमा सारियो, त्यसबेला नै मलाई शंका भएको थियो’, उनले भने ।

पैसा चलाइसकेको भनेपछि आफूले माइन्यूट हेर्न माग्दा १३ जनाको कार्यसमितिमध्ये ३ जनाले हस्ताक्षर नगरेको पाइएको अधिकारीले बताए । उनका अनुसार १० जनाको हस्ताक्षरमा पनि कोपिला पौडेलको हस्ताक्षर अंग्रेजीबाट गरिएको थियो । ‘उहाँ कहिल्यै अंग्रेजीबाट हस्ताक्षर गर्नुहुन्न’, उनले भने ।

सहसचिव सीतादेवी अधिकारी र सदस्य रेनुका भेटवालसँग सम्पर्क हुन सकेन । अन्य सदस्यहरु देवराज ताजपुरिया, इन्द्रकला दाहाल, मानबहादुर थापा, बालमाया कार्कीले उक्त निर्णयमा हस्ताक्षर नगरेको जानकारी दिए ।
त्यहाँबाट फर्केपछि उपाध्यक्षसहित केही सदस्यहरुलाई खातामा पैसा नभएको अधिकारीले जानकारी गराएका थिए । पैसा नभएपछि उनले कोषाध्यक्ष ओलीलाई ‘पैसा त खाइएछ नि’ भन्दा उल्टै ‘तपाईंलाई किन चाहियो, तपाईंलाई नै अब खातापाता जिम्मा लगाइदिन्छु भन्दै कड्किएको बताए । पूर्व अध्यक्ष अधिकारीले अघिल्लो लेखापरीक्षण हेर्दा पनि सन्तोषजनक नभएको बताएका छन् ।

संस्थाका पूर्व सचिव रविन कार्कीले पैसा चलाउनकै लागि धरौटी खाताबाट चल्तीमा सारेको दाबी गरे ।
‘चल्तीमा सार्नु नै पैसा चलाउने नियत हो’, कार्कीले भने, ‘अध्यक्षसहित तीन जनाले पैसा चलाएको बुझिएको छ ।’ बैंकमा पुग्नेहरुले नै निर्णय पुस्तिकामा किर्ते हस्ताक्षर गरेको हुनुपर्ने उनको अनुमान छ ।
उपभोक्ताहरुले किर्ते हस्ताक्षर गरेर पैसा चलाएको विषय थाहा पाएपछि उनीहरुले केही दिन अघि बैंकमा सो रकम जम्मा गरिसकेको बुझिएको छ ।

सम्बन्धित खबर