शुक्रवार, मंसिर २८, २०८१
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोडमा १ सय ७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

शुक्रवार, मंसिर ७, २०८१

बिर्तामोड, ७ मंसिर : बिर्तामोड नगरपालिकाले आयोजना गरेको कुकुर बन्ध्याकरण शिविरमा १ सय ७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको छ ।

बिहीबार र शुक्रबार गरी दुई दिन आयोजित शिविरमा नगरका सबै वडाबाट कुकुर संकलन गरीएको थियो । नगरपालिकाले २०७५ सालदेखि हरेक वर्ष नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ ।कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता शिवाले जनधनको हुनसक्ने क्षतिबाट बच्नको लागि पनि सामुदायिक कुकुर बन्ध्याकरण शिविर उपयुक्त रहेको बताउनु भयो । सामुदायिक कुकुरकाकारण सडक दुर्घटनासमेत बढेको भन्दै उहाँले शिविरले यसको संख्या नियन्त्रणसंगै जोखिम पनि कम हुने बताउनु भयो ।

यस्तै नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सामुदायिक कुकुरको संख्या घटाउनको लागि बन्ध्याकरण शिविर प्रभावकारी देखिएको बताउनु भयो । उहाँले छिमेकी पालिकाहरुले पनि यस प्रकारको शिविरको आयोजना गर्नु पर्ने बताउनु भयो ।शिविर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउने
हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोड र संलग्न सर्जन डाक्टरहरुलाई प्रशंसा पत्रसमेत प्रदान गरीएको छ । कार्यक्रमकी अध्यक्ष कार्यपालिका सदस्य संगिता शिवाले सहकारी संस्थाका अध्यक्ष डाक्टर दिलिप सापकोटा, सर्जन डाक्टर सिजन सैंजु र निसा सञ्जेललाई प्रशंसा पत्र प्रदान गर्नु भयो ।

सामुदायिक कुकुरहरुले बालबालिका झम्टिने, रातिको समयमा यात्रा गर्न पनि असहज पारिदिने, साना पशु चौपायालाई आक्रमण गर्ने र दुर्घटनासमेत निम्त्याउने गरेका छन् ।

कुकुरहरूमा बन्ध्याकरण गर्दा रेबिजविरुद्धको खोप पनि लगाइएको नगरका पशुपंछि तथा मत्स्य विकाश शाखाका प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित खबर