Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको उपचारका क्रममा मृत्यु
शनिवार, मंसिर ८, २०८१
सुनसरी, ८ मंसिर : साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेर प्रहरी हिरासतमा रहनुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको छ ।
सुनसरी प्रहरीका अनुसार प्रसाईं सवार वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका–३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय ६० वर्षीय मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
दुर्घटनालगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । मेहताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो ।
मृतक मेहताका परिवारजनले भने सप्तकोशी न्युरो अस्पतालको लापरबाहीबाट ज्यान गएको आरोप लगाएका छन् । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै उनीहरूले घटना छानबिनको मागसमेत गरेका छन् ।