मङ्गलवार, चैत ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

अर्जुनधारा जलेश्वरधाममा आयोजित महायज्ञको भव्य उद्घाटन

शनिवार, मंसिर ८, २०८१

झापा, ८ मंसिर : पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

विश्वब्यापीरुपमा ख्याति कमाएका प्रख्यात हिन्दू धर्मगुरु श्री १००८ स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यले एकैसाथ महायज्ञको उद्घाटन गर्नु भयो ।

अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षता तथा श्री १००८ स्वामी कालीबाबाको प्रमुख आतिथ्य र श्री १०८ मोहनप्रियाचार्यको बिशेष आतिथ्यमा भएको कार्यक्रममा अर्जुनधारा संस्कृत गुरुकुलका वटुक छत्रपति गुरागाईंले संस्कृत भाषामा स्वागत मन्तव्य राख्नु भएको थियो ।
मूल अर्चक अग्नीप्रसाद सिग्देलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै धामको इतिहासबारे चर्चा गर्दै बालाचतुर्दशी पर्वको अवसर पारेर धामको ४२औं बार्षिक अनुष्ठानको अवसरमा धाममा अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको आयोजना गरिएको बताए।
कार्यक्रममा प्रमुख अतिथि १००८ स्वामी कालीबाबाले अर्जुनधारा जलेश्वरधाम दिव्यस्थल र सिद्धक्षेत्र भएको बताउँदै आफूलाई यहाँ आउन पाउँदा अति गौरव र खुशी लागेको धारणा राख्नु भयो । उहाँले महाभारतकालीन इतिहास बोकेको अर्जुनधारा जलेश्वरधाम धाम पूण्यभूमि भएको बताउँदै अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा सहभागी भएर पूण्यको भागी बन्न सबैलाई आह्वान गर्नु भयो । उहाँले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न सबै जुट्नुपर्ने बताउँदै आफूहरू हिन्दूराष्ट्र कायम गर्न अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


त्यस्तै श्री १०८ मोहनप्रियाचार्यले अर्जुनधारा जलेश्वरधामको महत्व पौराणिककालदेखि रहेको बताउनु भयो । उहाँले सनातन धर्मको बारेमा धारणा राख्दै हिन्दूराष्ट्र कायम गर्न आग्रहसमेत गर्नु भयो । त्यस्तै श्यामानन्दजी महाराजले नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्दव थापा, नेपाल सरकारका पूर्वअर्थमन्त्री महेश आचार्य, अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको छ ।कार्यक्रम अघि धाम परिसरबाट निस्किएको शोभायात्राले अर्जुनधारा नगर परिक्रमा गरेको थियो।


शोभायात्रामा पञ्चकन्या, १००८ स्वामी कालीबाबा र श्री १०८ मोहनप्रियाचार्य, धार्मिक गुरुहरु, पंडित, बिभिन्न संघसंस्थाहरु, बटुक, झांकी, लाखे, च्याब्रुङ नाच, भक्तजनहरुको सहभागिता रहेको थियो । श्री १००८ स्वामी कालीबाबा र श्री १०८ मोहनप्रियाचार्यलाई अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीसहितका पदाधिकारी, व्यासाचार्य कुवेर सुवेदी, मूल अर्चक अग्नी सिग्देललगायतले धाम परिसरमा स्वागत गरेका थिए । अर्जुनधारा जलेश्वरधामका बटुकहरुले स्वस्तिबाचनसहित उनीहरूलाई स्वागत गरेका थिए।

यसैबीच अर्जुनधारा अतिथि सदन निर्माणको शिलान्यास गरिएको छ । श्री १००८ स्वामी कालीबाबा र श्री १०८ मोहनप्रियाचार्यले अर्जुनधारा अतिथि सदनको शिलान्यास गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि कालीबाबा, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्दव थापा, अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले अर्जुनधारा अतिथि सदन निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

अर्जुनधारा अतिथी सदन निर्माणका लागि अर्जुनधारा नगरपालिकाको २० लाख र वडाहरूले जनही ५ लाख गरी ७५ लाख रूपैयाँ दिने बचन दिएको र कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्दव थापाले कोशी प्रदेशको तर्फबाट ५० लाख दिने धामका अध्यक्ष नवीन गट्टानीले बताउनु भयो

अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष गट्टानीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशब भट्टराईले गर्नु भएको थियो ।

सम्बन्धित खबर